०८ साउन २०८३, शुक्रबार

कालो ढुसीको औषधि पाउनै मुस्किल

साउन १५, २०७८
कालो ढुसीको औषधि पाउनै मुस्किल
फाइल फोटो

कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरमाइकोसिस) का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ ।

कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’ औषधि ‘लाइपोजोमल एम्पोटेरिसिन–बी’ अभाव हुँदा बिरामीलाई सकस हुने गरेको छ ।

यो औषधि भारतबाट आउने गथ्र्यो तर अहिले भारतले आयातमा प्रतिबन्ध लगाएपछि समस्या उब्जिएको हो ।

स्वास्थ्य सेवा विभागले गत भदौ पहिलो हप्ता औषधि खरिदका लागि टेन्डर आह्वान गरेको थियो । आवेदन दिएको झण्डै २ महिना बितिसक्दा पनि अहिलेसम्म औषधि आयात हुन सकेको छैन । हालसम्म कालो ढुसी संक्रमणबाट नेपालमा २० जना बढी बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टेन्डरमा प्राइम लाइफ इन्टरनेसनल, आयानबीच प्रतिस्पर्धा थियो । प्राइम लाइफलप्रति भाइल १० हजार ६९४ रुपैयाँ र आयानले २२ हजार रुपैयाँप्रति भाइल खरिद गर्ने गरी टेन्डर भरेका थिए । प्राइमले भारतबाट र आयानले बंगलादेशबाट औषधि खरिदका लागि प्रस्ताव हालेका थिए ।

हाल भारत सरकारले ‘कालो ढुसी’का लागि प्रयोग हुने औषधि खरिद प्रक्रियामा रोक लगाएको छ । प्राइमले भारतबाट १० हजार मात्रा ११ करोडमा र सोही मात्रा आयानले बंगलादेशबाट २२ करोड रुपैयाँमा ल्याउने प्रस्ताव टेन्डरमा गरेका थिए ।

प्राइमका सञ्चालक मुकुन्दराज भण्डारीका अनुसार केही दिनमै भारतले आयात अनुमति दिने बताए । उनले भारत सरकारले जुन महिनामा आयात प्रतिबन्ध लगाएको भन्दै केही दिनमै भारत सरकारले प्रतिबन्ध खोल्ने भन्ने जानकारी प्राप्त गरेको बताए ।

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले आमनागरिकको स्वास्थ्य पहिलो विषय भएको भन्दै जिम्मेबार निकाय संवेदनशील हुनुपर्ने बताए । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुगांनाका अनुसार कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने औषधि खरिद प्रक्रियामै रहेको छ । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्