१९ असार २०८३, शुक्रबार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

हाल देशभर सामान्य बदली रहनुका साथै प्रदेश १, बागमती, गण्डकी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै प्रदेश १, बागमती, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
 
यस्तै राति  देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यसैगरी प्रदेश १, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका  एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइछ ।

salt training

कमेन्ट गर्नुहोस्