२७ असार २०८३, शनिबार

आज यी नदीहरूमा बाढीको खतरा

आज यी नदीहरूमा बाढीको खतरा
प्रतिकात्मक तस्वीर

बाढी पूर्वानुमान महाशाखाले शुक्रवार देशका विभिन्न नदीमा बाढीको खतरा रहेको जनाएको छ ।

शुक्रवार बिहान प्रकाशित बाढी पूर्वानुमान बुलेटिन अनुसार १ नम्बर प्रदेशका ईलाम, झापा र मोरङ, बागमती प्रदेशका दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, रसुवा, धादिङ, मकवानपुर, गण्डकी प्रदेशका गोरखा, लमजुङ, बागलुङ, कास्की, तनहुँ र स्याङ्जा लगायत जिल्लाका साना नदीमा बहाव बढ्ने जनाइएको छ ।

महाशाखाले भनेको छ, ‘कन्काई, कमला, बागमतीमा बहाव बढ्ने; कोशी, नारायणी, कर्णाली , महाकाली र यिनका सहायक नदीहरू तथा पूर्वी राप्ती, तिनाउ,  पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।’

salt training

कमेन्ट गर्नुहोस्