०१ असार २०८३, सोमबार

अमेरिकामा नेपाली सुन्दरी बन्न दश युवती भिड्दै

कात्तिक २०, २०७४
अमेरिकामा नेपाली सुन्दरी बन्न दश युवती भिड्दै
काठमाडौं, २८ जेठ – अब नेपाली युवतीहरुबीच अमेरिकाको क्यालिफोर्नियामा पनि ‘मिस नेपाल क्यालिफोर्निया २०१७’ हुने भएको छ । अमेरिकाका विभिन्न राज्यमा रहँदै आएका नेपाली युवतीहरुबीच उक्त प्रतिस्पर्धा हुन लागेको हो ।

सन् २०१५ मा पहिलो संस्करणको कार्यक्रम गरिएको थियो । अमेरिकाको सन फ्रान्सिस्कोस्थित चहल पहल प्रोडक्सन र एफ वन ग्रुपको आयोजनामा दोस्रो चरणको प्रतियोगिता हुन लागेको हो ।
अमेरिकाको सन फ्रान्सिस्कोमा रहेको हिल्सन होटलमा आयोजना हुने कार्यक्रममा १० जना युवतीले प्रतिस्पर्धा गर्दैछन् । अन्तिम चरणमा १० छानिए पनि अनलाइन आवेदन र अडिसनमार्फत करिब दुई दर्जनको आवेदन परेको थियो । टप टेनमा परेका प्रतियोगीलाई पूर्वमिस नेपाल इशानी श्रेष्ठ र भारतकी मिस इन्टरनेशनल इशा अग्रवालले कोरियोग्राफी गर्नेछन् ।

नेपालका चर्चित कमेडियन सन्दिप क्षेत्रीले होस्ट गर्ने उक्त कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा सदिक्षा पोखरेल, अनुशा महर्जन, अन्जली खड्का, रोज लामा, रचना पोखरेल, अनिता चौलागाईं, डिप्ली फाजु, परिशा रानाभाट, गायत्री बराल, ओसिन रायमाझी छनोट भएका छन् ।

अमेरिकामा रहेका युवतीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ समाजसेवाको कार्यक्रम आयोजना गरिने पनि जनाइएको छ । आयोजकले कार्यक्रमपश्चात बचेको रकम समाजसेवामा लगाउने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्