०९ असार २०८३, मंगलबार

पोखरामा नक्कली सुन लिएर ठगी गर्न हिँडेका सात जना पक्राउ

पोखरामा नक्कली सुन लिएर ठगी गर्न हिँडेका सात जना पक्राउ

पोखरा महानगरपालिका-२ मिरुवाबाट ६५४ ग्राम सुनजस्तो देखिने पहेँलो धातु र सात थान मोबाइलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा कास्की पोखरा डेरा गरी बस्नेहरू म्याग्दी रघुगंगा गाउँपालिका-३ राखुका ४२ वर्षीया बिमला दमाई, रुपन्देही देवदह नगरपालिका-५ नमुना टोलका ३५ वर्षीय विशाल थापा मगर, कास्की अन्नपूर्ण गाउँपालिका-३ पाउदुरका ४४ वर्षीय गणेशबहादुर दर्जी, रामेछाप नगरपालिका-७, सुकाजोरका २३ वर्षीय अनिल भुजेल, सर्लाही बागमती नगरपालिका-१ डापडाँडाका ४२ वर्षीय ईन्द्रबहादुर बलम पाकी, चितवन टाँडी नगरपालिका-२ का ३४ वर्षीय भुवन विक र चितवन राप्ती नगरपालिका-९ का ३५ वर्षीय प्रकाश परियार छन् । 

पोखरा महानगरपालिका-८, सृजनाचोकस्थित पर्वत सुनचाँदी पसलमा कालीगढको रूपमा काम गर्ने भुवन विक समेतका व्यक्तिहरूले सुन भनी धातु बोकी ठगी गर्न हिँडिरहेका छन् भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

उनीहरूले नक्कली सुन देखाई सक्कली भनेर मानिसहरूलाई झुक्यानमा पारेर बेचबिखन गरी रकम लिई ठगी गर्ने षड्यन्त्र गरेको पाइएको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्