
नेपालमा तीन हजार ६११ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या सात लाख ५३ हजार ६३३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ६६१ वटा नमूना परीक्षण गरिएको थियो ।
मन्त्रालयले थप २७ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ८३४ पुगेको जनाएको छ ।
यस्तै हालसम्म ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा एक हजार ८१६ जना संक्रमणमुक्त भएका हुन् ।