२२ जेठ २०८३, शुक्रबार

चिनियाँहरु ‘लोभि’ भएका तथ्यांक गलत, दिए अर्बौंको सम्पत्ति दान

कात्तिक २०, २०७४
चिनियाँहरु ‘लोभि’ भएका तथ्यांक गलत, दिए अर्बौंको सम्पत्ति दान

चीनमा पछिल्लो समय अर्वपतिहरुले आफ्नो कमाइ दान दिन थालेका छन् । एक अर्वपतिले आफ्नो सम्पत्तिको २ दशमलव १५ अरब डलर दान दिएका छन् ।

टेसेटका संस्थापक पोनीमा जिन्होनेले द टेसेन्ट च्यारिटि फाउण्डेसनलाई यो सहयोग गरेका हुन् ।

टेसेन्टका सह संस्थापकले वुहान कलेजलाई ६ सय १५ मिलियन डलर दान दिए । त्यस्तै बेजिङ ओरिएन्ट लेडस्केपका हे कियाओनूले कयौं च्यारिटी संस्थालाई २५ करोड डलर दान दिएका छन् ।

केही वर्ष पहिला जब अमेरिकी अर्वपति वरेन बफेट तथा बिल गेट्सले चीनका धनीलाई भोजमा बोलाए र उनीहरुलाई दान दिन आग्रह गरे त धेरै त्यो कार्यक्रममा उपस्थिति भएनन् ।

त्यसपछि सामाजिक सञ्जालमा बहस भयो, के चीनका अरबपति साच्चै यति कन्जुस छन् ?

तथ्याकहरुका अनुसार यस्तै देखिएको छ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका अनुसार अमेरिका र यूरोपको तुलनामा चीनका मानिसले माच चार प्रतिशत दान गर्छन् ।

चीनको राहत संगठन विभिन्न स्क्यान्डमा फसेको छ र निजी सम्पत्ति जसमा धेरैजसो दानको निर्भरता हुन्छ त्यसलाई लिएर चीनमा व्यापक अविश्वास छ ।

तर पछिल्लो समय चीनमा परोपकारितको विकास भएको र यसमा नयाँ प्रयोग गरिने गरिएको हार्वर्ड विश्वविललय तथा स्विट्जरल्याण्डको बैंक यूबीएसको एक नयाँ रिपोर्टमा जनाइएको छ ।

शोधका अनुसार चीनका १०० सवैभन्दा परोपकारी मानिसको तर्फबाट सन् २०१६ मा गरिएको दान करिब ४ दशमलव ६ अरब डलर छ जो २०१० को तुलनामा तीनगुणा बढी हो ।

चीनका २०० सवैभन्दा धनी मानिसले ४६ फाउण्डेसन चलाउछन् । शोधकर्ताले जो सँग कुराकानि गरेको तिनिहरुमध्ये एक तिहाइले या फाउण्डेसन शुरु गरिरहेका छन् या स्थापित गर्ने प्रक्रियामा छन् ।

चीनका सर्वभन्दा परोपकारी व्यक्ति मानिने वांग विंग भन्छन् ‘चीनका अर्वपति कन्जूस हैनन्, मात्र सतर्कछन् ।’ विंग भन्छन्,‘यि मानिस यति स्मार्ट छन् जसका कारण उनीहरु धनी छन् । उनीहरु दान दिन चाहन्छन् तर यस्तो संगठनलाई जसले वास्तवमै केही गरोस् ।’

४७ वर्षीय वांगले ९० को दशकमा स्टक मार्केटबाट सम्पति कमाएका हुन् ।

सरकारसँग जोडिएको संस्थामा दान गरेर निराशाजनक अनुभव बटुलेका उनले पछि आफैले संस्था खोलेर सहयोग गर्न शुरु गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्