२८ जेठ २०८३, बिहीबार

देवघाट क्षेत्रमा रेबिजले मरे ४ गाई

साउन १६, २०७८
देवघाट क्षेत्रमा रेबिजले मरे ४ गाई
प्रतिकात्मक तस्वीर

चितवनको भरतपुर महानगरपालिका–१ देवघाटमा गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिज विरुद्धको सूइँ लगाइएको छ ।

महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेबिज रोगका कारण ४ वटा गाई मरेका हुन् ।
 
मरेका गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिज विरुद्धको सूइँ लगाइएको उनले जानकारी दिए ।

उनले भने, ‘देवघाटमा मरेका गाईमा रेबिजको लक्षण देखिएकाले त्यस क्षेत्रका २४ वटा गाईमा रेबिजको खोप लगाइएको छ ।’

गाई मरेको खबर पाएसँगै पशु चिकित्सक सहितको टोलीले सो क्षेत्रको अध्ययन गर्दा ती गाई रेबिजले मरेको पाइएको हो । महानगरको पशु शाखामा रहेको ६० डोजले नपुगेर खरिद गरी तत्काल ती पशुलाई ५ डोजको दरले खोप लगाइएको छ ।

सो क्षेत्रमा छाडारूपमा गाई छाडिएका छन् । घरमा पनि गाई पालिएको छ । पुण्यभूमि भएकाले देवघाटमा बसोबास गर्नेले पशुचौपाया पाल्दा गाई नै पाल्ने गर्दछन् ।
 
उनका अनुसार रामपुर क्षेत्रमा पनि ३ वटा भैंसी मरेको भए पनि ती भैंसीको कारणले मरेका हुन् भन्ने विषयमा भने अध्ययन भइरहेको छ । अन्य क्षेत्रमा भने त्यस्तो समस्या नदेखिएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्