×

NMB BANK
NIC ASIA

गुञ्जिन थाले तीजका भाका

साउन १६, २०७८

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

क्यासेट, सिडी त इतिहास भइसक्यो । प्रविधिमा नयाँ नयाँ परिवर्तन आएको छ । संगीत बजार यूट्युबमा केन्द्रित छ ।

Muktinath Bank

कुनैताका गीत सुनिन्थ्यो मात्र, अहिले हेरिन्छ पनि । संगीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यूट्युब, फेसबूक, टिकटक जस्ता सामाजिक सञ्जाल नचहारेसम्म बजारमा नयाँ कुन गीत आयो भन्नेसम्म थाहा पाउन नसकिने स्थिति छ । 


Advertisment
Nabil box
Kumari

सर्जक/कलाकारलाई यूट्युब माध्यम निर्विकल्प बनेको छ । कमाइ गर्ने बाटो नै त्यही भएको छ ।  

Vianet communication
Laxmi Bank

तीज पर्व आउन अझै डेढ महिना बाँकी छ । युट्युबमा तीजका भाका छाउन थालेको पनि डेढ महिनै भइसक्यो । असार लाग्दा नलाग्दै तीज गीतले यूट्युबमा प्रवेश पाए । अहिले यूट्युब हेर्दा लाग्छ, तीज त दैलोमा आइसक्यो ।

अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । संगीतप्रेमी स्रोता, दर्शक तीज गीततिर डोरिएका छन् । कोरोना महामारीले सिर्जित विषम स्थिति समेत कतिपय तीज गीतको भावभूमिका रूपमा प्रकट भएको छ ।

बर्खाको बाढीपहिरोबीच माइत हिँडेकी चेलीको बेदना पनि गीतमा मुखरित छ –

गायक विष्णु खत्री र गायिका रिना केसीको तीज गीत ‘मुग्लिन’मा प्यारा भन्छन् –

‘रातभरि झरी, जाउली के गरी जोखिम छ बाटोमा
भनेकै हुम् नी, तिहारमा जाउली तीजको साटोमा

बट्यौली बजार नपुग्दै मुग्लिन
पियारी माइत, पुग्लिन कि नपुग्लिन ...’

प्यारीले जवाफ फर्काउँछिन् –

‘माइतमा जानी बाटैमा ठूलो छ पहिरो खसेको 
डोजरले कहिले पन्छाउँछ बाटो कुरेरै बसेको
बागलुङैबाट नारायणघाटैमा
यता न उता भाकी छु बाटैमा ...’

गायक खत्रीको शब्द र संगीत रहेको यस गीतको म्यूजिक भिडियोमा ओवी रायमाझी र सारिका केसीको अभिनय छ । 

‘जेठो जर्नेल, माइलो कर्नेल
हा बरै कान्छो चौतारीमा, सानीमाया
घुन पुत्ला नलागोस् हा बरै तिम्रो दौंतरीमा, सानीमाया’

तीजका अवसरमा सार्वजनिक रत्यौली भाकाको गीत ‘सानीमाया’मा एउटी आमाले आफ्ना सन्नतिलाई दिएको प्रेममय आशिर्वचन हो यो । १ हप्ताअघि ‘वसन्त थापा’ यूट्युब च्यानबाट सार्वजनिक गीतको म्यूजिक भिडियोलाई हालसम्म २० लाखभन्दा बढी पटक हेरिएको छ ।

गीतमा वसन्त थापा, उमेश अधिकारी, सुनिता बुढा क्षत्री, चन्द्रा सुवेदी र जानुका कँडेलको स्वर छ । शब्द र लय गायिका सुवेदीको छ ।

केटा पक्षको शब्द भने गायक थापाले लेखेका हुन् । गीतको भिडियोमा गायक थापासहित दुर्गेश थापा, ओवी रायमाझी, दिपाशा विसी, बीना विश्वकर्मा र युनिशा खत्रीको अभिनय छ । ‘अभ्यास डिजिटल’ले गीत बजारमा ल्याएको हो ।

झर्रो भाका, गायन र शब्दका कारण गीतलाई छोटो समयमै अत्यधिक स्रोता/दर्शकले रुचाएका हुन् । गीतमा आमा, छोरा र बुहारीको संवाद छ ।

२ वर्षअघि ‘बीच–बीचमा’ बोलको तीज गीतबाट सफलता पाएका गायक दुर्गेश थापा यसपालि ‘ख्यास्स पुतली’ गीतबाट चर्चामा छन् । यूट्युब ट्रेन्डिङको दोस्रो स्थानसम्म उक्लेको गीतले १ हप्तामै १० लाख बढी भ्यूज बटुलेको छ ।
 
गायक खत्री र थापा द्वय बागलुङमा जन्मेर संगीत कर्ममार्फत देशमा चिनिएका प्रतिभा हुन् । तीजका अलवा र दशैं, तिहार जस्ता पर्वका छेकोमा पनि उनीहरू नयाँ–नयाँ गीत लिएर स्रोता/दर्शकमाझ आउँछन् ।

नेपाली लोक गायनमा प्रसिद्ध कलाकार पशुपति शर्माको तीज गीत ‘हैन र माया’लाई पनि युट्युबमा रुचाइएको छ । गत असार २३ गते ‘पशुपति शर्मा’ यूट्युब च्यानलबाट सार्वजनिक गीत यूट्युब ट्रेन्डिङको तेस्रो स्थानमा छ । गीतको म्युजिक भिडियोले हालसम्म झण्डै १८ लाख भ्यूज पाएको छ । गीतमा गायक शर्मा र गायिका सम्झना भण्डारीको स्वर छ ।  

‘माइत आयौ दिदीबहिनी मनका कुरा साटन
भिनाजू र ज्वाइँसाबको कुरा काटन ...’

३ हप्ताअघि सार्वजनिक ‘कुरा काटन’ बोलको तीज गीत पनि यूट्युबमा ‘हिट’ छ । गीतको म्यूजिक भिडियोलाई हालसम्म ३८ लाखबढी पटक हेरिएको छ । गीतमा खुमन अधिकारी, गायिका देवी घर्ती, शान्तिश्री परियार, शिला आले, सम्झना भण्डारी, पूर्णकला विसी, जुना श्रीस, सरीता कार्की र सुनिता बुढा क्षत्रीको स्वर छ ।

यस गीतमा एकैसाथ धेरै कलाकारको प्रतिभा हेर्न, सुन्न पाइन्छ । अभिनयमा पनि दर्जनबढी संलग्न छन् । ‘घन्किदे मादलु’, ‘मेरो माया बसेको गाउँमा’, ‘चाँदी बटन’, ‘नक्कली कान्छी’, ‘यो राता गाला’, ‘पारी वन हरियो’, ‘बुहारी’ लगायतका तीज गीत अहिले डिजिटल बजारमा चल्तीमा छन् ।

तीजको मौसमी संगीत बजार अहिले गर्माएको छ । यूट्युबमा भ्यूज बढाउने प्रतिस्पर्धा छ । पर्व गीतको उपमा पाएको तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख भएको भन्दै कतिपयले भने चिन्ता व्यक्त गर्न थालेका छन् ।

केही वर्षअघि आएका ‘डाढे बिरालो’, ‘छोटो मिनिस्कट’ जस्ता गीतले तीज गीतको सौन्दर्य मासेको आरोप लागेको थियो ।
 
कलाहीन र उट्पट्याङ गीतले तीजको मौलिकता र मर्मलाई आत्मसाथ नगर्ने कला मर्मज्ञ बताउँछन् । तीज गीतको विधान खल्बलाउन नहुनेमा उनीहरूको जोड छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।

अहिलेका तीज गीत रोधीघरको दोहोरी जस्ता सुनिन थालेका छन् । विपरीत लिंगीबीचको संवेदना, प्रेम र रोमान्सलाई समेत तीज गीतमा उठान गरिएको पाइन्छ । त्यस्ता गीतले यूट्युबमा छिटो भ्यूज पाएपनि संस्कृतिको उत्थान र जगेर्नामा कम स्थान पाउने पक्का छ ।

धेरै भ्यूज बुटेलर छिटो पैसा आर्जन गर्ने नाउँमा पनि कलाकार त्यसपट्टि प्रेरित भएका हुन सक्छन् । भ्यूज, लाइक र कमेन्टका आधारमा सर्जक, कलाकारलाई यूट्युबबाट पैसा आउँछ । पछिल्लो समय मेला, महोत्सव समेत कोरोना महामारीका कारण प्रभावित बनेपछि कलाकार यूट्युबकै भरमा छन् ।

राम्रो सिर्जना र विषयवस्तु यूट्युबमा दिन सके लगानी खेर नजाने कलाकारहरू बताउँछन् । गीतको बलमा जतिधेरै दर्शक बुटल्न सक्यो त्यसकै आधारमा पैसा आर्जन हुन्छ । गीत हेर्ने, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नेको संख्याका आधारमा कलाकारको यूट्युबमा राम्रो रेकर्ड रहने गर्छ । 

पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको हुन्छ । गीतको बीचमा यूट्युबले अन्तर्राष्ट्रिय ब्राण्डका विज्ञापन राख्दा बढी पैसा आउँछ । व्यावसायिक रूपमा यूट्युबको प्रक्रियामा छिर्न तोकिएको संख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (यूट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ । 

शुरूमा यूट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । पछिल्लो समय यूट्युब कलाकारको व्यावसायिक थलो मात्र नभएर व्यक्तित्व चिनाउने माध्यम पनि बनेको छ । राम्रो भ्यूज पाउँदा पैसा पनि आउँछ र कलाकारको व्यक्तित्व पनि माथि उठ्छ ।  – रामबहादुर थापा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x