×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशअन्तर्गत तनहुँको ऋसिङ गाउँपालिकाका छुट्टाछुट्टै घटनामा परी गत असार २४ गते २ जनाको ज्यान गयो । पहिरो खसेपछि घरबाट भाग्ने क्रममा ऋसिङ–७डढीवनकी ५२ वर्षीया देवीसरा थापाको मत्यु भयो ।

Sagarmatha Cement
Muktinath Bank

बिहान ८ बजे गएको पहिरोमा उनका पति भने भागेर ज्यान जोगाउन सफल भए । ऋषिङ–८ माझकोटका ४० वर्षीय खुमबहादुर थापा गोठमा आएको भल तर्काउने क्रममा माथिबाट खसेको पहिरोमा बेपत्ता भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाका सुरक्षागार्डले दिनभरको खोजेपछि उनी पहिरोमा पुरिएको अवस्थामा मृत फेला परेका थिए ।


Advertisment
Nabil box
Kumari

हिमालपारिको जिल्ला मनाङमा अघिल्लो महिना बाढीपहिरोले ठूलो क्षति पुर्‍यायो । त्यहाँ मानवीय क्षति टरे पनि भौतिक क्षति ठूलो भयो । मनाङमा अझै पनि सदरमुकाम चामे जोड्ने सडकखण्ड अवरुद्ध छ । सडक जताततै छियाछिया छ । बाढीपहिरोले चामे, तालगाउँ, धारापानी, दानाक्यु, ओडार, थोंचे लगायत क्षेत्रका दर्जनौं घर बाढीले बगायो ।

Vianet communication
Laxmi Bank

यी घटना हुन्, जेठ २४ र असार १ गतेका । सोही बेला यस्तै प्रकृतिको क्षति सिन्धुपाल्चोकमा पनि दोहोरियो । मनसुनजन्य क्षतिले यसपालि देशका यी २ जिल्लासहित ४८ जिल्ला प्रभावित भए ।

सरकारले मनाङ र सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त जिल्ला नै घोषणा गरी आवश्यक राहत, पुनर्निर्माण तथा पुनःस्थापना कार्य अघि बढाएको छ । 

... ...

असार २३ गते पोखराको फेवाताल जोगाउनका लागि निर्मित सिल्टेसन ड्याम बाढीले भत्कायो । अविरल वर्षापछि हर्पन खोलामा आएको बाढीले करोडौं लागतको पूर्वाधार क्षणभरमै नामेट पारेको थियो । बाढीले नजिकको मानव बस्ती तथा २०० रोपनी धानखेतमा बाढी पसेर क्षति पुर्‍यायो । 

नेपालमा यस वर्ष मनसुन शुरू भएयता यी र यस्तै मानवीय तथा भौतिक क्षतिका घटना दोहोरिइरहेका छन् । मनसुन अझै बाँकी रहेकाले सम्भावित क्षति अझै टरेको छैन । गण्डकी प्रदेशमा गत आर्थिक वर्ष २०७७/०७८ मा विपद्मा परी १०० जनाको ज्यान गएको छ भने २१ जना बेपत्ता हुँदा १३८ जना घाइते भए । 

तीमध्ये बाढीपहिरोमा परी ८१ जनाको ज्यान गयो । मानवीय विपत्तिमध्ये सबैभन्दा बढी बाढीपहिरोमा धेरै जनाले ज्यान गुमाएका हुन् । चट्याङ् र आगलागीमा परी क्रमशः १० र ९ जनाको अकालमा ज्यान गएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले संकलन गरेको विवरणमा उल्लेख छ ।

घाइते हुनेमा समेत सबैभन्दा बढी बाढीपहिरोबाट ७४ घाइते हुँदा चट्याङमा परी २९ र आगलागीमा ३५ जना घाइते हुन पुगे । प्रदेशका ११ जिल्लामध्ये हावाहुरी, हिमपहिरो र माटोको ढिस्कोले पुरिई जस्ता विपद्का घटनामा पनि मानवीय क्षति भने टर्‍यो । 

अधिकांश पहाडी इलाका रहेको गण्डकी प्रदेशको राजधानी पोखरा देशमै सबैभन्दा बढी पानी पर्ने क्षेत्र समेत हो । यसैले पनि अन्य विपद्का तुलनामा यस क्षेत्रमा बाढीपहिरोकै घटना बढी हुने र सोही मात्रामा मानवीय, भौतिक तथा चौपाया क्षतिका घटना हुने गरेको पाइन्छ । 

प्रदेशमा चौपाया क्षति पनि बढी नै रह्यो । जसमा १ हजार ४८ वटा पशु चौपाया बाढीपहिरो, चट्याङ र आगलागीका घटनामा मरेका छन् । तीमध्ये सबैभन्दा बढी बाढीपहिरोबाट ९१२, चट्याङबाट ७८ र आगलागीबाट ५८ पशु चौपाया मरे । घाइते हुनेमा बाढीपहिरोबाट ३२, चट्याङबाट २ र आगलागीबाट ७३ गरी कूल १०७ वटा रहेका छन् ।

भौतिक क्षतिमध्ये १ हजार ५० वटा घरमा क्षति पुगेको छ । तीमध्ये सबैभन्दा बढी बाढीपहिरोबाट ९३८, आगलागीबाट ९५ र चट्याङबाट १७ घरमा क्षति पुगेको प्रदेश प्रहरी कार्यालयले लोकान्तरलाई जनायो । सरकारी भवनतर्फ आगलागीबाट १, बाढीपहिरोबाट ९ भवनमा क्षति पुग्यो । यस्तै, कूल १०५ सवारीसाधनमा क्षति पुग्दा आगलागीबाट ५२ र बाढीपहिरोबाट ५३ वटा रहेका छन् । गोठमा आगलागीबाट ६८, बाढीपहिरोबाट १३० र चट्याङबाट ३ वटामा क्षति पुग्यो । अन्यतर्फ कूल २५६ वटा रहेका छन् । 

गण्डकी प्रदेशमा यसपालिको मनसुनयता विपद्मा परी १२ जनाले ज्यान गुमाएका छन् । अन्य ३ जना बेपत्ता र २६ जना घाइते भएका छन् । जेठ २८ गते नेपालमा मनसुन भित्रिएकोमा त्यसयताको डेढ महिनामा बाढीपहिरोमा परी महिला ६ र पुरुष ६ जनाको ज्यान गएको हो । घाइते हुनेमा महिला ८, पुरुष १६ र बालक २ जना छन् भने बेपत्तामा पुरुष ३ जना हुन् । अन्य विपद्का घटनामा मानवीय क्षति भएको छैन । 

गण्डकी प्रदेशमा कास्की, लमजुङ, म्याग्दी, स्याङ्जा, तनहुँ, मुस्ताङ, गोरखा, पर्वत, नवलपरासी सुस्ता (पूर्व), मनाङ र बागलुङ गरी ११ जिल्ला पर्छन् । तीमध्ये बाढीपहिरोमा तनहुँमा ३ महिला र २ पुरुष गरी ५ जनाले ज्यान गुमाएका छन् । घाइतेतर्फ सबैभन्दा बढी तनहुँमा ३ महिला, ७ पुरुष र १ बालक गरी ११ जना छन् ।

कास्कीमा घाइते हुनेमध्ये ३ पुरुष, म्याग्दीमा ५ महिला र १ पुरुष, स्याङ्जामा १ पुरुष, गोरखामा २ पुरुष र १ बालक, बागलुङमा २ पुरुष छन् । बेपत्तातर्फ प्रदेशमा ३ मध्ये गोरखा, पर्वत र बागलुङका १/१ जना पुरुष छन् । 

बाढीपहिरोबाट १ हजार १०३ घर जोखिममा छन् । भौतिक क्षतितर्फ ४५० घर र ४७ गोठमा क्षति पुगेको छ । यस अवधिमा ३ हजार ५२८ जना विस्थापित हुन बाध्य भएका छन् । 

वैशाखयता १५० जनाको मृत्यु

२०७८ साल शुरू भएयता देशभर विपद्का घटनाबाट १५० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको साउन १४ गतेसम्मको संकलित तथ्यांक अनुसार बाढीपहिरो, अविरल वर्षा, चट्याङ, सर्पदंश, आगलागी, डढेलो, हावाहुरी र जनावर आक्रमण जस्ता विपद्का १ हजार २९४ घटनामा १४८ जनाको ज्यान गएको छ ।

ती घटनामा ३७ जना बेपत्ता हुँदा ३२९ जना घाइते छन् । १ हजार ६५७ प्रभावित परिवार छन् भने कूल ६० करोड ६५ लाख बराबर रुपैयाँ क्षति भएको छ ।  

पहिरोबाट ३३ जना, बाढीबाट २६, अविरल वर्षा ८, चट्याङ ३८, सर्पदंशबाट ११, आगलागी १२, डढेलो ३, हावाहुरी १ र जनावर आक्रमणबाट १६ जनाको अकालमा ज्यान गएको छ । बेपत्तामा सबैभन्दा बढी बाढीबाट २९ र घाइते हुनेमा चट्याङबाट सबैभन्दा बढी ११५ रहेका छन् । 

मनसुनयता हालसम्म ६५ जनाले ज्यान गुमाएका छन् । अन्य ३६ बेपत्ता र ६८ जना घाइते भएका छन् । कूल ५७६ घर पूर्ण र १५५ घरमा आंशिक क्षति पुगेको छ । विपद्बाट ३७ सरकारी कार्यालय, १३ स्कूल तथा सामुदायिक भवन, २५ जलविद्युत् आयोजना, २६ पक्की पुल र २६ झोलुङ्गे पुलमा क्षति पुगेको प्राधिकरणको भनाइ छ ।

गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो । सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष १ हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । यसपालिको मनसुन कायमै रहेकाले सम्म्भावित अन्य घटना सहितको पूर्ण विवरण आउन बाँकी छ । 

नेपालमा यस वर्ष मनसुनजन्य घटना (बाढी, पहिरो र अविल वर्षा) का कारण हालसम्म ४८ जिल्ला प्रभावित भएका छन् । जसमा गत वर्षको तुलनामा यसपालि मृत्यु हुनेको संख्या कम भए पनि घटनाको संख्या भने बढेको छ । अघिल्लो वर्ष जेठ ३० गतेदेखि असार ३० गतेसम्म मनसुनजन्य ३०५ घटनामा १०६ जनाको मृत्यु, ४६ बेपत्ता र ९५ जना घाइते भएका थिए ।

यस वर्ष जेठ २८ गतेदेखि असार ३१ गतेसम्मको करीब १ महिना अवधिमा ३३७ घटनामा ६१ मृत्यु, ३५ बेपत्ता र ६२ जना घाइते भएका प्राधिकरणले जनाएको छ । 

सरकारले मनसुनजन्य घटना तथा क्षति न्यूनीकरणका लागि मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७८ कार्यान्वयनमा ल्याएको छ । विपद् जोखिम वित्तीय व्यवस्थापन रणनीति २०७८, प्रारम्भिक द्रूत लेखाजोखा कार्यविधि २०७२ (प्रथम संशोधन २०७८), आगलागीबाट क्षति भएका निजी आवास पुनर्निर्माण सम्बन्धी कार्यविधि २०७८ कार्यान्वयनमा रहेको र फिल्ड अनुसन्धान तथा पहिरो प्रभावित व्यवस्थापन प्राविधिक गाइडलाइन बनाएको छ ।

आगामी १० वर्षभित्रमा नेपाललाई विपद् उत्थानशील राष्ट्र बनाउने उद्देश्यसाथ सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी १० वर्षे महाअभियान शुरू गरेको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x