०९ साउन २०८३, शनिबार

दुहाला नै कोरोना ‘पोजेटिभ’ देखिएपछि बाटोबाटै बिहे फिर्ता, १४ दिनपछि आउन निर्देशन

साउन १६, २०७८
दुहाला नै कोरोना ‘पोजेटिभ’ देखिएपछि बाटोबाटै बिहे फिर्ता, १४ दिनपछि आउन निर्देशन

विवाहको दिन झकिझकाउ भएर दुहली ल्याउन जन्तीसहित घरबाट निस्केका भारतको उत्तर प्रदेश (यूपी) स्थित पीलीभीतका दुलाहालाई उत्तराखण्ड प्रदेशको सीमामा प्रहरीले रोक्यो । बिहे उत्तराखण्डको खटिमा जान खोजेको थियो ।

एक प्रदेशबाट अर्काे प्रदेशमा जाँदा प्रहरीले कडा चेकजाँच गरिरहेको थियो ।

प्रदेशको सीमामा खटिएको यूपी–उत्तराखण्ड प्रदेशको संयुक्त स्वास्थ्य विभागको टोलीले चेकजाँच शुरू गर्‍यो । सबैभन्दा पहिला दुलाहाको कोरोना जाँच गरियो ।

दुलाहाको रिपोर्ट नै पोजेटिभ आएपछि सबै हैरान भए । दुहालासँगै कारमा बसेका अन्य जन्तीलाई रिपोर्टबारे जानकारी गराइयो । 

दुलाहाको रिपोर्ट नै पोजेटिभ आएपछि प्रहरीले बिहेलाई अगाडि बढ्न नदिने भयो । प्रहरीले १४ दिनपछि नेगेटिभ रिपोर्ट आएमा मात्रै बिहे गर्न पाइने निष्कर्ष सुनायो । 

उता दुलहीपट्टि समेत बिहेको धुमधाम तयारी भइरहेको थियो । तर दुलाहा बाटोबाटै फर्किनुपर्ने भयो । प्रहरीले बिहेलाई आउन नदिएको खबर दुलहीको घरसम्म पुग्यो । दुलही पक्ष बाटोसम्मै आए तर प्रहरीको कुरा सुनेपछि निराश हुँदै फर्किएर गए ।

भारतीय सञ्चारमाध्यमका अनुसार अब सबै जन्तीको कोरोना परीक्षण गरिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्