२७ जेठ २०८३, बुधबार

नतिजा नआउँँदै भर्ना लिनेलाई स्पष्टीकरण

साउन १७, २०७८
नतिजा नआउँँदै भर्ना लिनेलाई स्पष्टीकरण

माध्यमिक  शिक्षा परीक्षा  (एसईई)को  नतिजा  प्रकाशन  नहुँदै  कक्षा ११  मा  विद्यार्थी  भर्ना  गर्ने  विद्यालयहरूलाई चितवनको भरतपुर  महानगरपालिकाले  स्पष्टीकरण  लिएर कारबाही  प्रक्रिया  थालेको  छ।  
महानगरभित्रका कतिपय  विद्यालयले  नियमविपरीत  विद्यार्थी  भर्ना गर्न थालेपछि महानगरले सूचना जारी गरी अटेर गर्ने विद्यालयमाथि कारबाही प्रक्रिया थालेको हो।

महानगर  शिक्षा  महाशाखा  प्रमुख  महेन्द्र पौडेलले नियमविपरीत विद्यार्थी भर्ना लिने चारवटा विद्यालयलाई  स्पष्टीकरण  सोधिएको  र  अन्यलाई पनि सोध्ने क्रममा रहेको जानकारी दिए ।
 “एसईईको परीक्षाफल प्रकाशन नै नभई भर्ना लिने  विद्यालयमाथि  कारबाही  प्रक्रिया  सुरु  गरेका छौँ”, पौडेलले भने ।  गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्