२७ जेठ २०८३, बुधबार

तङ्ग्रिन नपाउँदै ४७ दिनपछि फेरि डुब्यो मेलम्ची [तस्वीरहरू]

तङ्ग्रिन नपाउँदै ४७ दिनपछि फेरि डुब्यो मेलम्ची [तस्वीरहरू]
तस्वीरहरू : आदित्य दाहाल

मेलम्चीमा ४७ दिनपछि फेरि भीषण बाढी आएको छ । शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवनसमेत ढलेको छ । 

त्यतिबेला बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन । बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो ।

यस्तै हेलम्बुस्थित चनौटेको रातो पुल पनि बाढीले बगाएको छ । मेलम्ची नदीका आएको बाढीले हेलम्बुस्थित चनौटेको पुल बगाएपछि चनौटे हुँदै जाने गणेशे बगर, किउल, तिम्बु, नाकोते, मेलम्चीघ्याङ सम्मको सडकसम्पर्क विच्छेद भएको छ ।

बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।

ग्यालथुममा रहेको एउटा झोलुंगे पुल बगाएको छ ।नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए।

राति आएको बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्