२८ असार २०८३, आइतबार

सरकार–राजपा वार्ता निष्कर्षविहीन, राजपा आन्तरिक छलफलमा

कात्तिक २०, २०७४
सरकार–राजपा वार्ता निष्कर्षविहीन, राजपा आन्तरिक छलफलमा
काठमाडौं २८ जेठ– राष्ट्रिय जनता पार्टीले असार १४ गतेको निर्वाचन पर सारेर संविधान संशोधन विधेयक पारित गर्न अडान राखेपछि सत्तारुढ दलहरुसँग आइतवार भएको छलफल पनि विना निश्कर्ष सकिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आइतवार भएको छलफलमा पनि सरकारले चुनावपछि संशोधन पारित गर्ने प्रतिबद्धता सहित राजपालाई सरकारमा आउन पुनः आग्रह गरेको थियो ।

प्रधनानमन्त्री शेरबहादुर देउवा सहित सत्तारुढ दलका शीर्ष नेताहरु सभागि बैठकमा मोर्चाले संविधान संशोधन लगायत माग पूरा नभइ चुनावमा नजाने बताएका थिए । बैठकमा राजपाको तर्फवाट अध्यक्षमण्डलका नेता महन्थ ठाकुर सहितका नेताहरु सहभागि थिए ।

सत्तारुढ दलहरुसंगको बैठक निश्कर्षमा नपुगेपछि रभावी रणनीति बनाउन राजपाले आन्तरिक छलफल गर्दैछ । दलहरुबीच सहमतिको प्रयास जारी राख्ने समझदारी भएको छ । दोस्रो चरणको चुनावका लागि उम्मेदवारको मनोनयन गर्ने समय पाँच दिन बाँकी रहदा दलहरुबीच छलफल तीब्र बनेको हो ।

salt training

कमेन्ट गर्नुहोस्