मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अफगानिस्तानबाट सेप्टेम्बर ११ सम्ममा अमेरिकी सेना पूरै हट्न लागेपछि रुस र चीनका सैनिकहरूले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् ।
दुवै देशका गरी १० हजार जवान अगस्ट महिनाको मध्यमा विशाल युद्धाभ्यास गर्दैछन् ।
चीन र रुसका रक्षा मन्त्रालयहरूले संयुक्त बयान जारी गरेर वेस्ट इन्टरयाक्सन २०२१ नामक महायुद्धाभ्यास गर्ने जनाएका छन् । उक्त युद्धाभ्यास चीनको छिआङटोङसिया शहरमा आयोजना गरिनेछ ।
युद्धाभ्यासमा विभिन्न किसिमका युद्धविमान, तोप र हतियारले सुसज्जित वाहन पनि सहभागी गराइनेछन् ।
दुवै देशका सैनिकहरूलाई मिसाएर समान लक्ष्यका विरुद्ध भविष्यमा आवश्यक परेमा सँगै युद्धमा पठाइन पनि सक्ने योजना छ । दुवै पक्षले मिलेर आफ्नो बेग्लाबेग्लै टीम बनाउने र ती टीमले योजना बनाएर तालिम लिने पनि बताइएको छ ।
अमेरिका गएपछि अफगानिस्तानमा तालिबानले पकड कस्दै गएपछि क्षेत्रीय अशान्ति फैलिने डरले गर्दा चीन र रुस सँगै आएका हुन् ।
दुई देशबीचको युद्धाभ्यासबाट सेनाको निगरानी क्षमता, खोजतलाश, शीघ्र चेतावनी, विद्युतीय सूचना आक्रमण र संयुक्त आक्रमणको क्षमता बढ्ने विश्वास गरिएको छ । यस अभ्यासको उद्देश्य राजनीतिक र रणनीतिक दुवै भएको बताइएको छ ।
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...