
साताको पहिलो दिन आइतवार शेयर बजारमा सामान्य वृद्धि भएको छ । यस दिन कारोबार रकम पनि १२ अर्ब १० करोडमा मात्रै सिमित भएको छ ।
नेप्से परिसूचक १.२५ अंकले बढ्दा आइतवार बजार ३०८१.०५ विन्दुमा पुगेको छ ।
यस दिन नेप्से परिसूचक ०.०४ प्रतिशतले बढेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक पनि आइतवार ०.२२ प्रतिशतले बढेको छ ।
यस दिन परिसूचक १.२४ अंकले बढ्दै ५७२.१५ विन्दुमा पुगेको छ ।
कुल २ सय २६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार। ३५२ कित्ता शेयर यस दिन १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आइतवार ७ समूहको सूचकमा गिरावट आउँदा बाँकी ६ समूहको सूचकमा वृद्धि भएको छ ।
जसमध्ये बैंकिङ ०.२७ प्रतिशत, होटल तथा पर्यटन २.३२ प्रतिशत, फाइनान्स १.१८ प्रतिशत, निर्जीवन बीमा १.१४ प्रतिशत, जीवन बीमा १.१५ प्रतिशत, मुचुअल फण्ड ०.१३ प्रतिशत र अन्य समूह १.४३ प्रतिशतले घटेको छ ।
यस्तै व्यापार १.७३ प्रतिशत, विकास बैंक ०.३९ प्रतिशत, जलविद्युत २.४९ प्रतिशत, उत्पादन तथा निर्माण समूह ०.५२ प्रतिशत, माइक्रोफाइनान्स १.१७ प्रतिशत र इन्भेष्टमेन्ट समूह १.६१ प्रतिशतले बढेको छ ।
आइतवार विभिन्न ६ कम्पनीको शेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, ग्रीनलाइफ हाइड्रोपावर लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड तथा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको हो ।
आइतवार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी ३६ करोड १ लाख ४२ हजार ८२१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
यस दिन सबैभन्दा बढी लक्ष्मी इक्युटी फण्डका लगानीकर्ताले सबैभन्दा बढी ६.९८ प्रतिशत गुमाएका छन् ।