म्यान्मारको सेनाले निर्वाचित सरकारबाट सत्ता खोसेको ६ महिनापछि सेनाप्रमुखले नयाँ आमनिर्वाचन अबको दुई वर्षमा गराउने बताएका छन् ।
यसको अर्थ सैन्य शासन अझै दुई वर्ष चल्नेछ ।
कूलगत्तै एक वर्षका लागि संकटकाल लगाएको सेनाले दुई वर्षपछि मात्र संकटकाल हटाउने बताएको छ ।
सैन्य जुन्ताले आफूलाई स्टेट एड्मिनिस्ट्रेसन काउन्सिल भन्ने गरेको छ । उसले सेनाप्रमुख मिन आङ ह्लाइङलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्ति गरेको पनि बेग्लै बयान जारी गरेर जनायो ।
ह्लाइङले आइतवार टेलिभिजनमार्फन सम्बोधन गर्दै सैन्य शासन लम्ब्याउने बताएका हुन् । ‘संकटकाल अगस्ट २०२३ सम्म लागू रहनेछ । म बहुदलीय निर्वाचन कुनै पनि हालतमा गर्ने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले थपे ।