३१ जेठ २०८३, आइतबार

फेरि कसरी आउन पुग्यो सिन्धुपाल्चोकमा ठूलाे बाढी ? अझै दोहोरिन सक्ने चेतावनी

साउन १७, २०७८
फेरि कसरी आउन पुग्यो सिन्धुपाल्चोकमा ठूलाे बाढी ?  अझै दोहोरिन सक्ने चेतावनी

मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको पाइएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न लागेको छ, कतै खसिरहेको पनि देखिन्छ भने कतै गेगरको घोल बगिरहेको स्पष्ट देखिन्छ । यसले सामान्य पानी पर्दा पनि सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र र नदी तटीय क्षेत्र अझै ठूला जोखिममा रहेको प्रस्ट्याउने आज स्थलगत अध्ययन गरेर फर्किएको विज्ञ टोलीले निष्कर्ष छ । 

उनीहरूका अनुसार अहिले नै खास कारण भन्न किने अवस्था छैन तर पनि मेलम्चीको शिर क्षेत्रमा हिमनदीले विगतमा थुपारेका गेग्य्रान बगेर तल्लो तटीय क्षेत्रमा ठूलो क्षति गराएको प्रारम्भिक अनुमान छ । 
 
    आज स्थलगत अध्ययन गरेर फर्किएको विज्ञ टोलीले यकिन तथ्य आइनसके पनि मुहान क्षेत्रको श्रव्यदृश्य, तस्वीर र आज भएको स्थलगत अध्यनबाट विगतमा बसेको गेग्य्रान भूकम्पले हल्लाएर कमजोर बनाएको र भारी वर्षा हुँदा त्यसलाई बगाएर ठूला क्षति गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा विज्ञसहितको टोली आज अध्ययन गरेर फर्किएपछि आकस्मिक रुपमा प्रारम्भिक अध्ययनबारे जानकारी गराएको हो । मेलम्ची माथिबाटै गेगरसहित बगाउँदै र नदी तटीय क्षेत्रसमेत कटान गर्दै आएको छ । गिट्टी, बालुवा गेग्य्रानसहित ठाउँठाउँँमा ठूलो मात्रामा जमेर बसेको पाइएको छ । सामान्य वर्षामा पनि गेगर बगेर आउने हुँदा जोखिम कायमै रहेको छ । ठाडो खोलामा बगेको गेगरको शक्ति बढ्दा खोला किनार कटान गर्दै आएर सबै सोहोरेर ल्याएको पाइएको छ । यसरी गेगरसहित आउँदा त्यसले क्षति बढाउने गर्छ ।  

    खानी तथा भूगर्भ विभागका भूगर्भविद् शिवकुमार बाँस्कोटाले पहिले मुहान क्षेत्रमा हिउँ रहेको र अहिले हिउँ हराएको अध्ययनले देखाएको बताए । उनी त्यो बेलाको हिम नदीले ल्याएको चीज थुप्रिएको र त्यसलाई भूकम्पले हल्लाएर कमजोर बनाएको अनुमान गर्छन् । त्यही कमजोर भूभाग वर्षाले बगाएपछि त्यसले अन्य तटीय क्षेत्रसमेत कटान गर्दै आउँदा लेदोमा परिणत भएर ठूलो क्षति गराएको बाँस्कोटा अनुमान छ ।  

उनलेर् भने, “घर बनाउँदा प्रयोग हुने गिट्टी, बालुवा मिसाएको घोल जस्तै निस्किएको देखियो, त्यो घोल बगाउँदा त्यसले गर्ने क्षति बढी हुन्छ, हेलम्बुमा अहिले त्यही देखिएको छ, मेलम्चीमा दुई खोलाको बहाव रोकिँदा बजार क्षेत्रमा ठूलो क्षति भएको हो ।” उनले यो अझै दोहोरिन सक्ने चेतावनी दिए । 

    प्राधिकरणका हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले सोही कुरा दोहो¥याउँदै त्यही कमजोर भूभाग बगाएर असार १ गते पहिरो गएर एक छिन खोला रोकिएर बगाएको र अहिले पनि त्यहाँ जमेको गेगरलाई नै थप बगाएको पाइएको बताए । 

    अध्ययन बाँकी नै रहेको बताउँदै उनले तत्काल बासस्थान सुरक्षित स्थानमा लैजानुपर्ने र माथिसम्मको अवस्थालाई क्याम्प नै खडा गरेर विस्तृत अध्ययन गर्न जरुरी रहेको पनि बताए । विज्ञका अनुसार गेगर १५ मिटरसम्म उचाइसम्म जमेको पाइएको छ । यो सामान्य पानी पर्दा पनि बग्ने अवस्था छ । 

    प्राधिकरणका प्रमुख अनिल पोखरेल हिमालय क्षेत्रकै यो निकै ठूलो क्षति भएको बताए । यसले मेलम्ची र हेलम्बुमा मात्रै होइन दोलालघाट तथा तल्लो क्षेत्रमा समेत प्रभाव पारेको छ । उनले हेलम्बु र मेलम्चीमा भारी वर्षापछि आएको बाढी र क्षतिबारे विशेषज्ञ टोलीसहित स्थलगत अध्ययन गरिरहेको जानकारी दिए । 

आज हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पासहितको टोली हेलिकप्टरबाट विपद् क्षेत्रको स्रोतसम्म पुगी अवलोकन गरेर फर्किएको थियो । सोही टोलीले ल्याएको भिडियो र फोटोका आधारमा विज्ञले विश्लेषण गरेर प्रारम्भिक निष्कर्ष निकालेका हुन् । टोलीका अनुसार कतै झण्डै विमानस्थल जत्रै गेग्य्रान जमेर बसेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्