३१ जेठ २०८३, आइतबार

परीक्षा बिग्रिएको भन्दै युवतीद्वारा आत्महत्या

परीक्षा बिग्रिएको भन्दै युवतीद्वारा आत्महत्या

सुर्खेतमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । जिल्लाको पञ्चपुरी नगरपालिका ८ की २९ वर्षीया बिमला कँडेलले कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
हाल वीरेन्द्रनगरमा बस्दै आएकी उनी बीबीएस प्रथम बर्षमा अध्ययनरत रहेको र  परीक्षा बिग्रिँदा तनावमा आएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता  रामप्रसाद घर्तीले उनको सुसाइड नोट फेला परेको बताए । मृतक कँडेलको शवको पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको उनको भनाइ छ ।  घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्