०३ असार २०८३, बुधबार

मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मैलुङ खोलाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (साउन १८ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको थियाे।

त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकी रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्तामा सनराईज क्यापिटल रहेको छ।

साउन १७ गते आइतबार साँझसम्ममा कम्पनीको आईपीओमा करिब १८ लाख आवेदन परिसकेको छ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार आइतबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १७ लाख ७६ हजार ७११ जना आवेदकबाट २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

salt training

कमेन्ट गर्नुहोस्