![जब युवतीले बीच सडकमै ट्याक्सीबाट थुतेर चालकलाई झापड हानिन्...[भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/delhi-kutpit-_gYIITkqj9h.jpg)
भारतको नयाँ दिल्लीमा एक युवतीले बीच सडकमै ट्याक्सी चालकलाई पिटेकी छन् ।
जेब्राक्रसबाट बाटो पार गरिरहेकी युवतीले गाडी नरोकेको भन्दै ती चालकलाई कुटपिट गरेकी हुन् ।
भिडियोमा देखिएअनुसार ट्राफिक लाइट रातो बत्ती बलेपछि रोकिनु पर्ने भन्दा थोरै केही अघि मात्रै (जेब्राक्रस नजिक) गाडी रोकिएको छ, जहाँ ती युवती बाटो पार गरिरहेकी थिइन् ।
गाडी नरोकेको झोंकमा ती युवतीले गाडीबाट थुतेर ती चालकलाई कुटपिट गरेकी हुन् ।
सो घटनाका विषयमा दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मलिवालले आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो घटना एकदमै लज्जास्पद छ, यी युवतीलाई कुटपिट गर्ने अधिकार कसले दियो ?’
मलिवालले उत्तर प्रदेश प्रहरीलाई मेन्सन गर्दै घटनाको छानबिन गरेर ट्याक्सी चालकलाई कुटपिट गर्ने युवतीलाई कडा कारवाही गर्नुपर्ने माग गरेकी छन् ।
CCTV से ऐसा लग रहा है कि ये लड़की इस गरीब टैक्सी चालक को इतनी बुरी तरह से पीट रही है क्यूंकि उसने गाड़ी नहीं रोकी! ये बेहद शर्मनाक है. किसने अधिकार दिया इस लड़की को मारपीट करने का? इस मामले में @Uppolice जांच करे और कानून को हाथ में लेने के अपराध में महिला पर कड़ी कार्यवाही हो. pic.twitter.com/IrVUKkeINC
— Swati Maliwal (@SwatiJaiHind) August 2, 2021