१७ असार २०८३, बुधबार

नेपाली सेनाले गर्‍यो जनहित तथा उद्धारका कार्य

नेपाली सेनाले गर्‍यो जनहित तथा उद्धारका कार्य

नेपाली सेनाले जनहित तथा उद्धार कार्य गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै उद्धार कार्यबारे जानकारी दिएको छ ।

भारी वर्षातका कारण मनाङ जिल्लाको चामे गाउँपालिका–४ र ५ लाई जोड्ने मर्स्याङदी नदीमा रहेको बेलिवृज बाढीको कारण अवरुद्ध भएको तथा झोलुङ्गे पूल समेत मर्स्याङदी नदीले बगाएर मनाङ ङिस्याङ गाउँपालिका र चामे गाउँपालिकाबीच आवतजावत पूर्ण रूपमा बन्द रहेको अवस्थामा साउन १३ र १४ गते सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा ठाडो खोलामा काठको पुल निर्माण गरी आवतजावत सञ्चालन गराएको तथा काठे पुल वरपर पैदल आवतजावत गर्नका लागि नेपाली सेनाले गोरेटो बाटो निर्माण गरेको विज्ञप्तिमा उल्लेख छ ।

भारी वर्षाकै कारण चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलामा रहेको मोटरेबल काठे पुल बगाएर सवारीसाधन आवागमन अवरुद्ध भएपश्चात नेपाली सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयसँगको सहकार्यमा साउन १५ गते खोलामा मोटरेबल काठे पुल निर्माण गरेको र पुल निर्माणपश्चात जिल्ला सदरमुकाम चामेबाट पूर्वतर्फ तिमाङ्गसम्म र पश्चिमतर्फ तलेखुसम्म हलुका सवारीसाधन आवतजावत गर्न सहज भएको छ । 

साउन १८ गते काठमाडौंबाट बुर्तिबाङतर्फ जाँदै गरेका २४ जना यात्रु सवार बा५ख १५५३ नम्बरको बस बाग्लुङको गलकोट नगरपालिका–१ चौराहा नजिक दुर्घटना हुँदा नेपाली सेनाको घोडाबाँधेस्थित श्रीमेहर गणबाट खटिएको उद्धार तथा मेडिकल टीमले सख्त घाइते ६ जनालाई थप उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा पठाएको र बाँकी घाइतेलाई प्राथमिक उपचार गरी स्थानीय निकाय तथा प्रहरीको सहयोगमा गन्तव्य स्थलतर्फ पठाएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्