०७ साउन २०८३, बिहीबार

बेइजिङमा स्थानीयस्तरमा नै कोभिड–१९ संक्रमित भेटिए

साउन १८, २०७८
बेइजिङमा स्थानीयस्तरमा नै कोभिड–१९ संक्रमित भेटिए

बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले सोमबार जनाएको छ ।

स्थानीय अधिकारीहरूले बेइजिङमा समुदायबाटै सङ्क्रमित विरामी भेटिएपछि सङ्क्रमित क्षेत्रमा नागरिकहरूलाई साबधानी अपनाउन निर्देशन दिइसकेको छ ।

सोमबार सङ्क्रमण पुष्टि भएका व्यक्ति गत बुधबार सङ्क्रमण भेटिएका एक व्यक्तिको निकट सम्पर्कमा रहेको बताइएको छ । नयाँ सङ्क्रमित व्यक्ति र सङ्क्रमण क्षेत्रलाई स्वास्थ्यकर्मीले निकट अवलोकनमा राखेका छन् ।

बेइजिङका अधिकारीहरुले सरुवा रोग नियन्त्रण तथा रोकथाम महाशाखाको अगुवाईमा सङ्क्रमित भेटिएको स्थानमा अनुसन्धान र बृहत न्युक्लियक एसिड परीक्षण शुरु गरेको बताएका छन् ।

चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको थियो । ती व्यक्तिहरु चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्