
नेकपा एमालेले प्रचार विभाग गठन गरेको छ । एमालेको सोमबार बसेको स्थायी समिति बैठकले प्रदीप ज्ञवालीको संयोजकत्वमा १९ सदस्यीय प्रचार विभाग गठन गरेको हो ।
विभागको उपप्रमुखमा सूर्य थापा रहेका छन् । उनी केपी ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार समेत रहेका थिए ।
यस्तै सदस्यहरुमा माधव विद्रोही, शीतल शाह, माधव नेपाल, रामकृष्ण ज्ञवाली, डीआर घिमिरे, सूर्यमणि गौतम, रोशन खड्का, इन्द्रमान बुढा, राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत, निर्मल शर्मा, यशोदा तिमल्सिना, प्रमोद दाहाल, राजु लामा, मधु शाही र गणेश पाण्डे रहेका छन् । प्रचार विभागमा रहेका खड्का र लामा पूर्व माओवादी निकट हुन् ।