११ असार २०८३, बिहीबार

नेपालका लागि खेल्नु मेरो जीवनकालको सर्वश्रेष्ठ उपलब्धि : पारस खड्का

नेपालका लागि खेल्नु मेरो जीवनकालको सर्वश्रेष्ठ उपलब्धि : पारस खड्का
फाइल तस्बिर

मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका क्रिकेटर पारस खड्काले नेपालको लागि खेल्न पाउनु आफ्नो लागि जीवनकै सर्वश्रेष्ठ उपलब्धी भएको बताएका छन् । उनी सफल क्रिकेटर मानिन्छन् । उनकै कप्तानीमा नेपालले कयौँ ठूला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको थियो ।

उनले भनेका विज्ञप्तिमा छन्, ‘नेपालका लागि खेल्नु मेरो जीवनकालको सर्वश्रेष्ठ उपलब्धि हो ।’

सन् २००२ मा १५ वर्षको उमेरमा आफूले क्रिकेट सुरु गरेयता पाएको साथ, समर्थन माया र हौसलाप्रति सम्पूर्ण प्रशिक्षकहरु, खेलाडीहरु, प्रशंसक, सरोकारवाला, मिडियालगायतप्रति ऋणी रहने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘क्रिकेटरका रुपमा मैले आफ्नो मन, बचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ’, उनले भनेका छन्, ‘मेरो जीवनमा मैले देखेका सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो । तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र  सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमान्दारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्यपनि एउटा उचाइमा पुर्याउनेछौं ।’

उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा आफ्नो यात्रा टुंगिएपनि नेपाली क्रिकेटको लागि आफ्नो सपना भने अझैपनि बामे सर्दै गरेको समेत बताएका छन् ।
सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्