१४ असार २०८३, आइतबार

जम्मा २०० रुपैयाँमा किनेको औंठी करोडौंमा बिक्यो, कसरी ?

कात्तिक २०, २०७४
जम्मा २०० रुपैयाँमा किनेको औंठी करोडौंमा बिक्यो, कसरी ?

मान्छेको भाग्य बदलिएर कहाँबाट कहाँ पुग्छ, केही भन्न सकिन्न । एक महिलाका साथ यस्तै भयो ।


लन्डनमा बस्ने सुसन ग्रेभरले ३७ वर्षअघि सेकेन्ड ह्यान्डमा जम्मा २०० रुपैयाँमा औंठी किनेकी थिइन् । हेर्दाखेरी औंठी राम्रो देखिन्थ्यो ।

तर यो असली हीराको औंठी रहेछ । सैंतीस वर्षसम्म औंठीको मोल थाहा नपाएकी सुुसनका एक मित्रले यो त महंगो हीरा हो भनिदिएपछि उनी दौडँदै बाँडाकहाँ पुगिन् । अनि पो उनले थाहा पाइन्, यो त २६ क्यारेटको हीराको औंठी रहेछ ।

त्यसपछि उनले गहना लिलामबिक्री गर्ने एक संस्थासँग सम्पर्क गरिन् र यसको बोली लगाउँदा ५.४६ करोड रुपैयाँ पुग्छ ।

पुरानो तरिकाले काटेको कारण औंठीको हीरा पत्ता नलागेको रहेछ । त्यसैले गर्दा हीरामा प्रकाश नचम्किएको रहेछ ।

सुसनलाई यो असली हीरा हो भन्दा शुरुमा त पत्यारै लागेन । तर यो त करोडौंको माल पो रहेछ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्