०९ असार २०८३, मंगलबार

चीनले जारी गर्‍यो गलवान भिडन्तको नयाँ भिडियो

साउन १९, २०७८
चीनले जारी गर्‍यो गलवान भिडन्तको नयाँ भिडियो

पूर्वी लद्दाखको गलवान उपत्यकामा पोहोर साल भारत र चीनका सैनिकहरूबीच भएको भिडन्तको नयाँ भिडियो चीनले जारी गरेको छ । 

लगभग ४८ सेकेन्डको भिडियोमा दुवै पक्षका सैनिकले एकअर्कालाई ढुंगा हानाहान गरेको देखिएको छ । नदीको चिसो पानीमा उभिएर पनि भिडन्त भइरहेको छ ।

चीनको एक टीभी च्यानलमा देखाइएको भिडियोको अंश भूराजनीतिक विश्लेषण गर्ने ट्विटर अकाउन्ट डेट्रेस्फाले आफ्नो ह्यान्डलमा राखेको हो । 

चिनियाँ सैनिकहरू अग्लो ठाउँमा बसेर गलवान नदीमा उभिएका भारतीय जवानमाथि पत्थर हानिरहेको देखिन्छ । राति अन्धकार छाएको बेलामा हिंस्रक भिडन्त भएको थियो । दुईजना चिनियाँ सैनिक पानीमा बगेको पनि भिडियोमा देखिन्छ ।

भिडियोमा नदेखिए पनि चिनियाँ सेनाले भारतीय सैनिकहरूमाथि काँडे रडले प्रहार गरेका थिए । भारतले वास्तविक नियन्त्रण रेखा पार गरेर सम्झौता उल्लंघन गरेकाले कारवाही गरेको चिनियाँ सेनाको भनाइ छ । 

चिनियाँ सेनाले गलवानमा शहीद भएका चार जवानलाई श्रद्धाञ्जलि दिँदै भिडियो प्रसारण गरेको हो । शहीद हुने जवानहरू चन होङचुन, चन स्याङरोङ, स्याओ स्युआन र वाङ चुओरान हुन् । 

भिडन्तमा भारतका २० जना सैनिक मारिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्