सर्लाही, २८ जेठ– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई राजपाका कार्यकर्ताले कालो झण्डा देखाउँदै उनको कार्यक्रम अवरुद्ध गर्ने प्रयास गरेका छन् ।

सर्लाहीको मधुवनको गोठ गाउँपालिकामा कार्यक्रम गर्न पुगेका यादवमाथि राजपाका स्थानीय कार्यकर्ताले कालो झण्डा देखाएका हुन् । कार्यक्रममा जान लागेका उनलाई अवरोध गर्न राजपाका कार्यकर्ताले सडकमा रुख ढालेर अवरोध गरेका थिए । उनलाई कार्यक्रम स्थाल पुग्नु अगावै कालोझण्डा देखाइएको थियो ।
असार १४ का लागि तय भएको दोस्रो चरणको चुनावका लागि उपेन्द्र यादव चुनावी प्रचार प्रसारमा रहेका छन् भने राजपाले संविधान संशोधन लगायतका आफ्ना माग पुरा नभए दोस्रो चरणको निर्वाचन कुनै पनि हालतमा हुन नसक्ने बताउँदै आएको छ ।