०६ असार २०८३, शनिबार

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

साउन १९, २०७८
बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ
प्रतिकात्मक तस्वीर

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई मंगलवार पक्राउ गरेको छ ।

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा ललितपुरस्थित पाटन उच्च अदालतबाट कसूरदार ठहर भई फरार रहेका काठमाडौं बूढानीलकण्ठ निवासी ठाकुरप्रताप थापालाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा हाजिर गराइएको गरिएको छ । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभए पनि अभियुक्तले जानाजान पीडितलाई झुक्याएर बैंकको चेक दिएकाले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरिएकोे थियो ।

सो मुद्दामा उच्च अदालतले ३९ लाख ९६ हजार ४०० रुपैयाँ जरिवाना तोकेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्