१४ असार २०८३, आइतबार

नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

साउन २०, २०७८
नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ ।

संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले  डा कमल अर्याललाई अध्यक्षमा निर्विरोध  चयन गरेको छ । समितिको उपाध्यक्षमा डा सञ्जीव नेपाली, महासचिवमा डा पारस सिंह, सहसचिवमा डा रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा प्रज्वल घिमिरे चयन भएका छन् । 

साधारणसभामा प्राध्यापक जोन डिनोल, डा स्टिभ पाण्डे, प्रा पालेश्वान लाखे र डा थोमस मार्जेट उपस्थित रहेको एसोसिएशनले जानकारी दिएको छ । कार्यक्रमा डा पालेश्वान लाखेले ग्यास्ट्रोइन्टेरोलोजीका बारे आफ्नो धारणा र डा अरुण बराललगायत चार चिकित्सकले ट्रेनी पेपर प्रस्तुत गरेको सहभागी डा सुनिल शाहले बताए।

    वार्षिक साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नेपालमा कोरोनाको जोखिम न्यून गर्न काठमाडौँमा रहेको राधास्वामी केन्द्रमा रहेको आइसोलेशन केन्द्रका लागि संस्थाले १० हजार पाउन्ड सहयोग गरेको र देशका विभिन्न ठाउँमा अन्य स्वास्थ सामग्री पठाएर सहयोग गरिएको वार्षिक साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालबाट भर्चुअलरूपमा सहभागी डा चिन्तामणि योगीले कठिन परिस्थितिमा आफूलाई कसरी मानसिकरूपमा सम्हालेर अघि बढ्न सकिन्छ भन्ने खालको प्रवचन दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्