२८ असार २०८३, आइतबार

सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन कार्यदलमा तेस्रो दिन पनि छलफल

सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन कार्यदलमा तेस्रो दिन पनि छलफल
फाइल तस्वीर।

सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारुढ कार्यदलको बैठक बुधवार लगातार तेस्रो दिन पनि बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी कार्यदलको बैठकले सरकारका प्राथमिकता र कामको खाकालाई अन्तिम रुप दिने बताइएको छ । 

न्यूनतम साझा कार्यक्रम तयार भएको र त्यसलाई अन्तिम रुप दिने काम भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेस, माओवादी केन्द्र र जसपाको तर्फबाट दुई–दुई जना सदस्य छन् । 

कार्यदलले बनाएको न्यूनतम साझा कार्यक्रमको खाकामाथि सोमवार सत्तारुढ दलका शीर्ष नेताहरूले छलफल गरेका थिए । 

साझा कार्यक्रममा यसै वर्षको अन्त्य सम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने, कोरोना महामारीका कारण शिथिल बनेको अर्थतन्त्र उकास्ने र स्थानीय तहको चुनाव गर्ने कुरालाई महत्त्व दिएर कार्यक्रम बनाउँदै गरिएको कार्यदलका एक सदस्यले बताए ।

कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादीको तर्फबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महिन्द्रराय यादव सदस्य छन् । 

असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिए पनि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको छैन । साझा कार्यक्रम सार्वजनिक गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्