१० साउन २०८३, आइतबार

महिला युथफोर्स घोषणा गर्ने कार्यक्रम स्थगित

महिला युथफोर्स घोषणा गर्ने कार्यक्रम स्थगित
फाइल तस्वीर।

कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिको भन्दै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले महिला युथफोर्स घोषणा कार्यक्रम स्थगित गरेको छ । 

आगामी शनिवार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यतामा मार्च पास र महिला युथफोर्स घोषणा कार्यक्रम राखिएको थियो । 

युवा संघका अध्यक्ष किरण पौडेलले कोभिड– १९ संक्रमणको तेस्रो लहरको शुरूआती संकेत देखा परिरहेको विज्ञहरूको प्रक्षेपणलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । 

युवा संघले स्वास्थ्य मापदण्डको पालना गर्दै भूमिसम्बन्धी समस्या समाधान आयोगको खारेजीलगायत सरकारका जनघाती निर्णयविरुद्ध विशेष जागरण कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्