
पाकिस्तानको पञ्जाब प्रान्तमा रहेको रहीम यार खान जिल्लाको भोंग शरीफ क्षेत्रमा आक्रोशित भीडले तोडफोड गरेको छ ।
परिस्थिति नियन्त्रणमा ल्याउनका लागि प्रहरी र रेन्जरहरू परिचालित गरिएको छ ।
सामाजिक सञ्जालमा आएका भिडियोमा दर्जनौं मानिसले मन्दिरका झ्याल, ढोका र मूर्तिका लट्ठी, पत्थर र इँटाले भत्काएको देखिन्छ ।
कसैलाई पनि पक्राउ गरिएको छैन ।
यो घटना भएको ठाउँमा मन्दिर नजिक हिन्दू समुदायका ८० घर छन् । त्यहाँ अधिकांश जनसंख्या मुसलमान छन् ।
तर यसअघि यसरी मन्दिर तोडफोड गर्ने घटना हुने गरेका थिएनन् ।
पाकिस्तानको संसद् नेसनल एसेम्ब्लीका सदस्य र हिन्दू काउन्सिलका संरक्षक डा रमेश कुमारका अनुसार, उक्त क्षेत्रमा बुधवार मध्याह्नबाट तनाव शुरू भएको थियो ।
त्यहाँ झगडा भएपछि वरपरका क्षेत्रका असामाजिक तत्त्व आइपुगे ।
आक्रोशित मानिसहरूले स्थानीय मन्दिरमा तोडफोड गरे र घटनास्थलमा पुगेको प्रहरीमाथि ढुंगामुढा बर्साए ।
गत जुलाई २३ मा त्यस क्षेत्रमा आठ वर्षका एक बालकमाथि ईशनिन्दाको आरोप लगाइएको थियो । ती बालकले पुस्तकालयमा आएर पिसाब गरेको स्थानीय मदरसा प्रशासनले आरोप लगाएको थियो ।
त्यही कुरा उठाएर मन्दिर तोडफोड गरिएको हो ।