१९ असार २०८३, शुक्रबार

अफगानिस्तानका विषयमा बोलाइएको बैठकमा भारतलाई बोलाइएन

साउन २१, २०७८
अफगानिस्तानका विषयमा बोलाइएको बैठकमा भारतलाई बोलाइएन

अफगानिस्तानमा द्रुत गतिमा विकसित घटनाक्रमका विषयमा रुसले डाकेको बैठकमा भारतलाई निमन्त्रण गरिएको छैन । 

उक्त बैठकमा पाकिस्तान, चीन र अमेरिका सहभागी हुन सक्ने बताइएको छ ।

तालिबानले अफगानिस्तानमा आक्रामकता बढाइरहँदा रुसले उक्त देशमा प्रत्यक्ष सरोकार राख्ने सबै मुलुकसँग भेटघाट गरी हिंसा रोक्न र शान्ति प्रक्रिया अघि बढाउन कोशिश गरेको छ । 

विस्तारित त्रिपक्षीय बैठक ६ दिनपछि कतारमा गरिने कार्यक्रम छ ।

रुसले अफगानिस्तानमा शान्ति ल्याउन तथा राष्ट्रिय मेलमिलापको परिस्थिति निर्माण गर्न मस्को फर्म्याट पनि आयोजना गरिरहेको छ । 

रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले भारत सहितका मुलुकलाई अफगान परिस्थितिका विषयमा वार्तामा सहभागी गराउने भनेका थिए । त्यसकै आधारमा भारतले यस बैठकमा सहभागी हुने अपेक्षा गरेको थियो तर रुसले बोलाएन । 

रुसले अफगान द्वन्द्वका विषयमा अमेरिकासँग अनेकौं मतभिन्नता राखेको भए पनि दुवै देशले अफगानहरूबीचको वार्ताका लागि जोड दिइरहेको छ । तालिबानले मच्चाइरहेको हिंसा अन्त्यका लागि रुसले प्रयास गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्