२८ जेठ २०८३, बिहीबार

बिमला ओलीको आरोपबारे एमाले सचेतक ढकालले भने– 'होटलमा बस्ने व्यवस्था गरेका छौं भन्दा म बिरामी छु बाहिर बस्दिन भन्नुभयो'

बिमला ओलीको आरोपबारे एमाले सचेतक ढकालले भने– 'होटलमा बस्ने व्यवस्था गरेका छौं भन्दा म बिरामी छु बाहिर बस्दिन भन्नुभयो'

नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले साउन १६ गते शुक्रवारदेखि सांसद बिमला वली मुख्यमन्त्री निवासमा आएर बसेको बताएका छन् । 

‘उहाँलाई बाहिर होटलमा बस्ने व्यवस्था गरेका छौं भन्दा म बिरामी छु घाँटीको समस्या छ । बाहिर बस्दिन मुख्यमन्त्री निवासमै बस्छु भनेर त्यहीँ आफ्नो इच्छा अनुसार बस्नुभएको हो,’ ढकालले भने ।  

बिहीवार बुटवलमा पत्रकार सम्मेलन गरी ढकालले बिमलाको सहमतिमा मुख्यमन्त्री निवासमा बसेको दावी गरे । 

‘यो खेल एमालेलाई बदनाम र कमजोर बनाउने यो खेल र घटना देखाइएको हो,’ ढकालले भने । 

‘बुटवल आएपछि मुख्यमन्त्रीसँग बसेर म एमालेमा फर्किएँ भन्नुभएको हो । त्यही अनुसार दुई दिन अगाडि एमालेमा फर्किएको विज्ञप्ती आएको हो,’ ढकालले थपे । 

एमालेमा आएपछि पत्रकार सम्मेलन गरौँ भन्दा केही दिनपछि गरौँ भनेपछि आफूहरुले कर नगरेको ढकालले बताए ।

पार्टीको स्पष्टीकरण आएपछि दलको प्रमुख सचेतकको नाताले आफू दाङ गएको ढकालले बताए । 

उनी पनि मुख्यमन्त्रीलाई भेट्न जान्छु भनेर आफ्नो गाडीमा चढेर आएको ढकालले बताए ।

‘उहाँका इच्छा विपरित केही भएका छैन । उहाँका इच्छा र चाहना अनुसारका काम भएका हुन्,’ ढकालले भने । 

बिमला नेकपाबाट सूर्य चिन्हबाट निर्वाचित सांसद हुन् । 

ढकालले एमाले संसदीय दलको बैठकमा सहभागी भएर हस्ताक्षर गरेको ढकालले बताए । 

‘त्यही भएर हामीले उहाँलाई हाम्रो सांसद हो भनेर दावी गरिएको हो,’ उनले भने ।  

salt training

कमेन्ट गर्नुहोस्