
अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी भएको उनको कार्यालयले जानकारी गराएको छ ।
यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदुषण गर्ने डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः हटाउँदै जाने अमेरिकी नीतिलाई सुदृढ पार्ने बताइएको छ ।
बिहीबार ह्वाइट हाउसद्वारा जारी प्रेस विज्ञप्तिमा बताइएको छ, “आदेशले ‘बिल्ड ब्याक बेटर’ एजेन्डाको पूर्ण आर्थिक लाभ दिन र स्मार्ट ईन्धन दक्षता र उत्सर्जन मानकहरू अघि बढाउन सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री शेयरको लक्ष्यको रूपरेखा तयार गर्न मद्दत गर्नेछ ।”