२२ जेठ २०८३, शुक्रबार

सांसद अपहरणको आरोप लागेपछि बोले शंकर पोखरेल

सांसद अपहरणको आरोप लागेपछि बोले शंकर पोखरेल

सांसद अपहरणको आरोप लगाइएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनले एमालेकै दुई सांसदलाई राजीनामा गराउने, ६ जनालाई निष्काशन गर्ने र एक जनालाई दल परिवर्तन गराउन सक्ने विपक्षीले सांसद अपहरणको गलत आरोप लगाएको भन्दै कटाक्ष गरेका छन् ।

‘दुईजना माननीयलाई फकाएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननीयलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई अपहरणको आरोप पनि लगाएछ’, उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन्, ‘८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्नेछ ।’

आज पत्रकार सम्मेलन गरेर सांसद विमला वलीले आफूलाई अपहरण गरेर मुख्यमन्त्री कार्यालयमा राखिएको दावी गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्