१८ असार २०८३, बिहीबार

सांसदको प्रस्ताव- ‘पब्जी र फ्री फायर’ नेपालमा बन्द गरौं

सांसदको प्रस्ताव- ‘पब्जी र फ्री फायर’ नेपालमा बन्द गरौं

पब्जी, फ्री फायरजस्ता एप्लिकेसनले बालबालिकालाई कुलतमा फसाएको भन्दै यस्ता एप्लिकेसनमाथि नेपालमा प्रतिबन्ध लगाउने आवाज उठेको छ । 

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा तारादेवी भट्टले पब्जी, फ्री फायरजस्ता एप्लिकेसन बन्द गराउन माग गरेकी हुन् । 

लामो समय विद्यालय बन्द हुँदा बालबालिका इन्टरनेटको लतमा फसेको र मानसिक असर पर्ने भएकाले यस्ता एप्लिकेसन बन्द गर्नु परेको उनले बताइन् । 

यसअघि प्रतिनिधि सभाको बैठकका आशाकुमारी विश्वकर्माले पनि पब्जी बन्द गर्न प्रस्ताव गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्