२१ जेठ २०८३, बिहीबार

ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीले स्विटर बुनेको भिडियो भाइरल

साउन २२, २०७८
ओलम्पिकमा स्वर्ण पदक विजेता खेलाडीले स्विटर बुनेको भिडियो भाइरल

पौडीमा ओलम्पिक स्वर्ण पदक विजेता बेलायती खेलाडी टम डेलीले स्विटर बुनेको भिडियो भाइरल बनेको छ । 

टोकियो ओलम्पिकमा खेलहरू चलिरहेको बेलामा डेलीले स्विटर बुनेका हुन् । उनले बुधवार उक्त स्विटर लगाएर भिडियो समेत सार्वजनिक गरेका छन् । स्विटरमा अगाडिपट्टि टोकियो शब्द छ । अनि त्यसमा बेलायती झण्डा छ र टीम जीबी पनि छ । 

अघिल्लो साता उनले स्वर्ण पदक राख्नका लागि एउटा पाउच बनाएको पनि उजागर गरे । आफूलाई ऊनी कपडा बुन्न मन लाग्ने र त्यसैले आफूलाई मानसिक रूपमा स्वस्थ राखेको उनको भनाइ छ । 

उनले स्विटर बुनेका भिडियोहरू इन्स्टाग्राम र टिकटकमा भाइरल बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्