०२ साउन २०८३, शनिबार

नारायणकाजीलाई कोमल वलीको जवाफ- एउटा जहाज प्वाल पारेर डुबाउनेले अर्को डुबाउँदैन भनेर कसरी पत्याउने ?

नारायणकाजीलाई कोमल वलीको जवाफ- एउटा जहाज प्वाल पारेर डुबाउनेले अर्को डुबाउँदैन भनेर कसरी पत्याउने ?

नेकपा एमालेकी सांसद कोमल वलीले नेकपा माओवादीप्रति लक्षित गर्दै एउटा जहाजमा प्वाल पारेर डुबाउनेले अर्को जहाज डुबाउँदैन भनेर विश्वास गर्ने आधार नभएको टिप्पणी गरेकी छन् । 

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा वलीले माओवादी नेता नारायणकाजी श्रेष्ठले केही दिनअघि संसद्मा बोलेको कुराको जवाफ दिएकी हुन् । 

श्रेष्ठले प्रतिनिधि सभा विघटनको अवस्था आउनुमा केपी ओली मात्र जिम्मेवार नभएको बताएका थिए । ‘अस्ति यो सभामा एकजना सम्मानित नेता बोलेको सुनियो । जहाजमा प्वाल परिसकेपछि जोडिँदैन भनिसकेपछि त्यसको के अर्थ राख्छ ? आफ्नै जहाज प्वाल पारेर डुबाइसकेपछि रियलाइजेसनको के अर्थ हुन्छ ? एउटा डुंगा डुबाउनेले अर्को डुबाउँदैन भनेर कसरी विश्वास गर्ने ?’ वलीले भनिन् । 

एमाले सांसद वलीले सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र बनाउने प्रस्ताव गलत भएको बताइन् । दार्चुलामा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नेपाली युवा महाकाली नदीमा खसेको विषयमा बोल्न नसकेको भनेर कांग्रेसको आलोचना गरिन् । 

‘भारतीय प्रधानमन्त्री नेहरुले हिमालसँगको सुरक्षा हामी गर्छौँ भन्दा बीपी कोइरालाले अब्जेक्सन गरेका थिए, अहिलेको सरकार तुइन काटिएको विषयमा बोल्दैन । के कम्फरटेबल भनेको यही हो ? समिति बनाएर टार्ने, यही हो बीपीको अनुयायी हौँ भन्ने पार्टीको चरित्र ?,’ उनले प्रश्न गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्