१६ असार २०८३, मंगलबार

सांसद अपहरणमा संलग्न रहेको भन्दै शंकर पोखरेललाई कारवाही गर्न संसद्‍मा माग

सांसद अपहरणमा संलग्न रहेको भन्दै शंकर पोखरेललाई कारवाही गर्न संसद्‍मा माग

सांसद अपहरणमा संलग्न रहेको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई कारवाही गर्न राष्ट्रिय सभामा एक महिला सांसदले आवाज उठाएकी छन् । 

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा जसपा सांसद प्रमिला कुमारीले मुख्यमन्त्रीको निर्देशनमा सांसदको अपहरण हुनु खेदजनक भएको बताएकी हुन् । 

‘लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी खत्री वलीको मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमाले सचेतक भूमिश्वर ढकालको सहभागितामा अपहरण गरेर मुख्यमन्त्रीको निवासमा बन्धक बनाइनु  खेदजनक छ,’ सांसद प्रमिला कुमारीले भनिन्, ‘अविश्वासको प्रस्ताव फेस गर्न नसक्ने, बजेट ल्याउन नसक्ने मुख्यमन्त्री आफैं अपहरणमा संलग्न रहेकाले कारवाहीको माग गर्दछु ।’ 

यसअघि लुम्बिनीकी सांसद वलीले आफूलाई ५ दिनसम्म मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको भन्दै बिहीवार पत्रकार सम्मेलनको आयोजना गरेकी थिइन् । 

एमाले सचेतक ढकालले भने वलीको चाहनाअनुसार नै मुख्यमन्त्रीको निवासमा राखिएको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्