२४ असार २०८३, बुधबार

डिजिटल नेपालको प्रयावाची एफवान सफ्ट : जसले अर्थतन्त्रको प्रणालीलाई नै बदलिदियो

डिजिटल नेपालको प्रयावाची एफवान सफ्ट : जसले अर्थतन्त्रको प्रणालीलाई नै बदलिदियो

डिजिटल नेपालको नाम लिँदा धेरैले इसेवा, फोनपे जस्ता कम्पनीलाई सम्झने गर्छन् । तर यी कम्पनी जन्माउने माउ कम्पनी एफवान सफ्टका विषयमा भने आम सर्वसाधारणको चासो अलि कम देखिन्छ । 

डिजिटल नेपालको प्रयावाची नै मानिने एफवान सफ्ट नेपालको अग्रणी आइटी कम्पनी हो । 

१८ वर्ष अघि शुरू भएको एफवान सफ्ट कम्पनी नेपालको ठूलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ । 

कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले डिजिटल प्रविधिको निर्माण गरेको छ । 

एसएमएस बैंकिङबाट आफ्नो सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई आवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता निकै रूचाइएका प्रविधिहरू निर्माण गरिसकेको छ ।

इसेवा र फोनपे जस्ता मोबाइल मार्फत हुने भुक्तानीको विकास गर्ने कम्पनी पनि एफवान सफ्ट नै हो । 

एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मा भन्छन्,‘हामीले शुरूदेखि नै हामीले निर्माण गरेको प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकलाई पुगोस् भन्ने दृष्टिकोणबाट काम गर्दा अहिलेको अवस्थामा आइपुगेको हो ।’

अहिले एफवान सफ्टले डिजिटल नेपालको इकोसिस्टमलाई यस्तो बनाइदिएको छ की हरेक क्षेत्रमा उसको बलियो उपस्थिती देखिन्छ । 

अधिकांश बैंकमा एफवान सफ्टको प्रविधि

नेपालका अधिकांश बैंक तथा वित्तीय संस्थाले एफवान सफ्टले विकास गरेका प्रविधि प्रयोग गर्दै सेवा दिइरहेका छन् । 

कम्पनीले विकास गरेको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता प्रविधि प्रयोग गरेका छन् । 

पछिल्लो समय ल्याइएको फोनलोन पनि ५ वटा बैंकले प्रयोगमा ल्याइसेका छन् भने अन्य बैंक पनि यो सेवा सञ्चालनको तयारीमा छन् ।

एफवान सफ्टले विकास गरेको मोबाईल बैंकिङ प्रयोगकर्ता  नेपालमा एक करोड ३० लाखभन्दा धेरै रहेका छन् ।

एफवान सफ्टले विकास गरेको प्रविधि प्रयोग गरेर बैंकले ग्राहकलाई डिजिटल सेवा प्रदान गरिरहेका छन् ।

एक दर्जन बढी कम्पनी सञ्चालनमा 
सन् २००४ मा स्थापित भएको एफवान सफ्ट ग्रुपअन्तरगत एक दर्जन बढि सञ्चालन भइरहेका छन् । 

जसमा एफ्वान सफ्ट, इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक, दर्शन टेक, एक्टेन्सो डेटा, स्वस्तिक कलेज, बस सेवा, इसेवा ट्राभल रहेका छन् । 

यी कम्पनीमध्ये धेरैजसो कम्पनी एफवान सफ्टले नै विकास गरेको हो । यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन् । 

त्यस्तै यी कम्पनीहरूले डिजिटल इकोसिस्टमलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याइरहेका छन् । 

यी हुन् एफवान सफ्ट ग्रुप अन्तरगत सञ्चालित कम्पनी 

एफवान सफ्ट इन्टरनेसनल

एफवान सफ्ट सफ्टवेयर डेभलपमेन्ट र इन्भेष्टमेन्ट कम्पनी हो । विगत १८ वर्षदेखि सञ्चालनमा रहेको कम्पनीले विभिन्न कम्पनीमा लगानी (इन्भेष्टमेन्ट) गरिरहेको छ ।

यस कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता वित्तीय क्षेत्रमा आवश्यक पर्ने थुपै्र प्रविधिको निर्माण गर्दै आएको छ । साथै यस कम्पनीले स्वदेशमा मात्र नभएर विदेशका विभिन्न कम्पनीका लागि आवश्यक पर्ने सफ्टवेयर निर्माण गर्ने  कार्य समेत गर्दै आएको छ । 
 

इसेवा

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

सन् २००९ मा बेटा भर्सन रिलिज गरी सन् २०१० जनवरी २५ बाट सेवा शुरू गरेको इसेवाले हाल ४० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख ३० हजार एजेन्ट नेटवर्कबाट एक करोड ७० लाख जनतालाई भुक्तानी सेवा दिइरहेको छ । 

इसेवाबाट हाल दैनिक २ लाख भन्दा बढीको कारोबार हुन्छ ।

हाल इसेवा मार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, रेमिट्यान्स सेवा, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । 

इसेवामा हाल ४९ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । 

यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

इसेवाको सेवा वेबसाइट र मोबाइल एप मार्फत् प्रयोग गर्न सकिन्छ । इसेवाले युटिलिटी भुक्तानी सेवालाई उद्योगका रूपमा स्थापित गरेको छ भने कुल ग्राहस्थ उत्पादनमा पनि यसको योगदान बढाउँदै लगेको छ । 

फोनपे 
 फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक हो ।

फोन पेको नेटवर्कमा १ करोड ३० लाख बढि रजिष्टर्ड युजर, करिब ५ लाख मर्चेन्ट र ५० बढी बैंक तथा वित्तीय संस्था र डिजिटल वालेट पार्टनरका रूपमा आवद्ध रहेका छन् ।

फोन पे अन्तरगत फोनपे अफर, फोनपे मर्चेन्ट, फोनपे डाइरेक्ट, क्युआर पेमेन्ट, कर्पोरेट फोनपे, हब पेमेन्ट, थर्डपार्टी पेमेन्ट जस्ता सेवा उपलब्ध रहेका छन् । 

फोनपेले पछिल्लो समय नेपालको डिजिटल भुक्तानीमा पनि एक किसिमको क्रान्ति नै ल्याएको  छ । 

अहिले हरेक पसल, रेष्टुरेष्ट, सपिङ सेन्टरहरूमा क्यूआर भुक्तानीको सेवा उपलब्ध छ । जसले गर्दा आम मानिसलाई नगद बोकेर हिड्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । 

कोजेन्ट हेल्थ
कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नव प्रवर्तन कम्पनी हो ।

कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्न प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थ र ईसेवाद्धारा निर्मित ई–अपोइन्टमेन्ट र क्यूआर पेमेन्ट लगायत कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरू नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरूमा प्रयोग भइरहेका छन् । 

कोजेन्ट हेल्थको प्रविधिले हस्पिटलहरू पनि डिजिटलाइज भइरहेका छन् भने अनलाइनबाटै टिकट काटेर उपचार गर्न सकिने अवस्था आएको छ ।

हाल देशका दर्जनौ अस्पतालले कोजेन्ट हेल्थले निर्माण गरेको प्रविधि प्रयोग गरिरहेका छन् । 

इसेवा मनि ट्रान्सफर
रेमिट्यान्सलाई सहज र सरल रूपमा नेपाल भित्र्याउने सहयोग गर्ने उद्देश्यका साथ इसेवा मनि ट्रान्सफरले सेवा दिइरहेको छ ।

 इसेवा मनि ट्रान्सफर मार्फत विश्वका कुनैपनि मुलुकबाट रेमिट्यान्स् पठाउन सकिन्छ । कम्पनीले कम लागतमा डिजिटल वालेट तथा बैंक खातामा रेमिट्यान्स् भित्राउँदै आएको छ । साथै कम्पनीले आपफ्ना ८ हजार बढी एजेन्ट मार्फत पनि रेमिट्यान्स् भुक्तानी सेवा दिँदै आएको छ । 

दियालो टेक्नोलोजिज 
दियालो टेक्नोलोजीज पनि एफ्वान सफ्ट अन्तरगतकै कम्पनी हो । कम्पनीले ‘वाटरमार्क’ नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

हालसम्म देशभरका दुईसय बढि खानेपानी समितिले वाटरमार्क सफ्टवेयर प्रयोग गर्दै आएका छन् । यी समितिमा अनलाइनबाटै खानेपानीकाुे महशुल भुक्तानी गर्न सकिन्छ ।

यस्तै दियालोले नेपालमै पहिलो पटक क्लाउड बेसमा आधारित अकाउन्टिङ सफ्टवेयर ‘इलेखा’, फुटसलको अनलाइन बुकिङ गर्न सकिने सफ्टवेयर लगायतका अन्य सफ्टवेयर पनि निर्माण गर्दै आएको छ ।

दर्शन टेक
दर्शन टेकले नेपालको बिमा क्षेत्रलाई डिजिटलाइज गरिरहेको छ ।

आई सोलुसन नामक सफ्टवेयर निर्माण गरी बिमा क्षेत्रलाई डिजिटलाइज गर्ने अभियानमा कम्पनी अगाडि बढेको छ । बिमा क्षेत्रमा विदेशी सफ्टवेयरलाई विस्थापित गरी स्वदेशी सफ्टवेयर स्थापित गर्नुमा दर्शन टेकको ठूलो हात रहेको छ ।

हाल नेपालका अधिकांश जीवन बिमा कम्पनीले दर्शन टेकको सफ्टवेयर प्रयोग गरिरहेका छन् ।  

एक्सटेन्सो डेटा
एक्सटेन्सो डेटा भनेको एफ्वान सफ्ट ग्रुप अन्तरगतको डेटा एनालाइटिक्स कम्पनी हो ।

कम्पनीको एआई, डेटा एनालाइटिक्स, प्रेडिक्टिभ एनालाइसिस र बिग डेटामा दक्षता रहेको छ । कम्पनीले बिजनेस एनालाइटिक्स, फ्युचर फोरकास्टिङ, प्रोसेस अप्टिमाइजेसन, डेटा इन्जिनियरिङ तथा प्रोसेस अटोमेसन सेवा प्रदान गर्दै आइरहेको छ । 

लोजिका बिन्स 
लोजिका बिन्स एफ्वान सफ्ट ग्रुप अन्तरगतकै एउटा कम्पनी हो । यसले आउटसोर्सिङको काम गर्छ ।

सिरेन टेक्नोलोजिज 
सिरेन टेक्नोलोजिजले इन्टरप्राइजमा आधारित सेवाहरू प्रदान गर्दै आइरहेको छ । सिरेज टेक्नोलोजिजले म्यानेजमेन्ट सिस्टम, डेस्क्टप तथा वेबमा आधारित एप्लिकेसन, वेभ पोर्टल निर्माण, मोबाइल एप्लिकेसन लगायतका सेवा प्रदान गर्दछ । 

स्वस्तिक कलेज
स्वस्तिक कलेज एफवान अन्तरगतकै एउटा आईटी कलेज हो । स्वस्तिक कलेजमा ब्याचलर अफ साइन्स इन कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएससी सीएसआईटी) र ब्याचलर इन कम्प्युटर एप्लिकसेन (बीसीए) विषय पढाई हुन्छन् ।

यो कलेजमा पढेका विद्यार्थीहरूलाई एफ्वान सफ्टमा प्लेसमेन्टको सुविधा समेत दिइँदै आएको छ । 

बस सेवा
बस सेवा डटकम नेपालको पहिलो अनलाइन रियल टाइम टिकट बुकिङ प्लेटफर्म हो । बस सेवाको मोबाइल एप र वेबसाइट प्रयोग गरी घरमै बसेर सहज रूपमा अनलाइनबाटै बसको टिकट काट्न सकिन्छ । साथै टिकटको पैसा पनि अनलाइनबाटै भुक्तानी गर्न सकिन्छ ।

बससेवा मार्फत नेपालका अधिकांश रूटका बस टिकट अनलाइन मार्फत टिकट काट्न सकिन्छ । स्तरिय सेवा अधिकांश बस, कम्पनी  तथा समितिहरू बस सेवामा आवद्ध छन् । 

इसेवा ट्राभल

इसेवा ट्राभल पनि एफवान सफ्ट ग्रुप अन्तरगतको कम्पनी हो । यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिकेटिङको काम गर्छ ।

डिजिटल टिकेटिङलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यसको स्थापना भएको हो । हाल इसेवा मार्फत आन्तरिक तथा वाह्य हवाइ टिकट काट्न सकिन्छ । 

तीन जनाले शुरू गरेको कम्पनीबाट एक हजारलाई रोजगारी
एफवान सफ्ट ग्रुप तीनजना युवाले शुरू गरेको कम्पनी हो ।

विश्वास ढकाल, अस्गर अली र सुवास शर्माले डिजिटल नेपालको परिकल्पना गरि १८ वर्ष अघि शुरू गरेका थिए । हाल एफवान सफ्ट इन्टरनेसनल ग्रुपमा करिब १ हजार जना दक्ष जनशक्तिले रोजगारी पाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्