२३ असार २०८३, मंगलबार
एमाले विबाद

५५ केन्द्रीय सदस्यले बोलेपछि माधव नेपाल पक्षको स्थायी कमिटी बैठक, पार्टी एकताका लागि ओलीलाई अल्टिमेटम दिने

५५ केन्द्रीय सदस्यले बोलेपछि माधव नेपाल पक्षको स्थायी कमिटी बैठक, पार्टी एकताका लागि ओलीलाई अल्टिमेटम दिने

बुद्धनगरमा जारी नेकपा एमाले माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक ५५ जना केन्द्रीय सदस्यले धारणा राखेपछि केहीबेरलाई स्थगित भएको छ । 

केन्द्रीय सदस्यहरूले पार्टी एकताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिनुपर्ने धारणा राखेका थिए । 

अहिले माधव पक्षको स्थायी कमिटी बसिरहेको छ । केन्द्रीय सदस्यहरूले राखेको धारणाका विषयमा छलफल गर्न स्थायी कमिटी बसिरहेको हो । 

छलफलपछि केन्द्रीय कमिटी बैठकमा प्रस्ताव लगिने छ । निर्णय गरेर आज नै केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी रहेको एक नेताले बताए । 

केन्द्रीय कमिटी बैठकमा पार्टी एकता, सरकारमा जाने-नजाने लगायत विषयमा छलफल भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्