३१ जेठ २०८३, आइतबार

कोरोना अपडेट: कुल मृत्यु संख्या १० हजार नाघ्यो

कोरोना अपडेट: कुल मृत्यु संख्या १० हजार नाघ्यो

पछिल्लो २४ घन्टामा तीन हजार ७२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४३० पीसीआर र एक हजार २९९ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यससँगै नेपालमा हालसम्म ७ लाख ७७ हजार ५८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार १९ पुगेको छ । 

मन्त्रालयका अनुसार थप एक हजार ८८५ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ । 

हाल मुलुकभर ३४ हजार ९४२ सक्रिय संक्रमित छन् । 

salt training

कमेन्ट गर्नुहोस्