२१ जेठ २०८३, बिहीबार

केल्मीले गर्‍यो नेपाल गल्फ संघलाई प्रायोजन

केल्मीले गर्‍यो नेपाल गल्फ संघलाई प्रायोजन

अन्तर्राष्ट्रिय खेल सामग्री उत्पादक कम्पनी केल्मीले नेपाल गल्फ संघलाई प्रायोजन गरेको छ ।

केल्मीको नेपालको लागि आधिकारिक बिक्रेता कामरु ट्रेडिङ प्रालि र संघबीच शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

संघका अध्यक्ष टासी घले र कामरुका प्रबन्ध निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता ३ वर्षको रहनेछ ।

संघले आयोजना गर्ने प्रतियोगिता र नेपाली खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने क्रममा केल्मीको उत्पादन प्रयोग गर्नेछन् । केल्मीले नेपाली राष्ट्रिय महिला र पुरुष भलिबल टोलीलाई प्रायोजन गर्दै आएको छ । 

नेपाल ओलम्पिक कमिटी र पारा ओलम्पिक कमिटीसँग पनि हालै मात्र केल्मीले प्रायोजना सम्झौता गरेको थियो । भविष्यमा अन्य खेललाई पनि केल्मीले प्रायोजन गर्ने लक्ष्य लिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्