०२ असार २०८३, मंगलबार
कोरोनाको डर

सबै परीक्षा स्थगित गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

सबै परीक्षा स्थगित गर्न सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण फैलिँदै गएकाले भविष्यमा हुन लागेका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई परीक्षा स्थगित गर्न सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘कोभिड–१९ संक्रमण फैलिँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु ।’

यसअघि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समेत ट्विटरमार्फत परीक्षा स्थगनको तयारी रहेको जानकारी दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्