
प्रधानसेनापति पूर्णचन्द्र थापाले काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका दहचोकस्थित काजी कालु पाँडे समाधिस्थलको उद्घाटन गरेका छन् ।
कार्यक्रममा काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका अध्यक्ष रथी पवन बहादुर पाँडे, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरि, चन्द्रागिरि नगरपालिका–१ का वडाध्यक्ष राजेन्द्र केसी लगायत नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति थियो ।
नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम अनुसार गढीकिल्लाको सम्भार, संरक्षण तथा प्रबद्र्धन गर्ने नीति अनुरूप चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडे समाधिस्थलको निर्माण तथा स्तरोन्नती कार्य सम्पन्न गरिएको छ ।
