२२ जेठ २०८३, शुक्रबार

मन्दिरको सुन चोरी प्रकरणमा २ जना कारागार चलान

साउन २२, २०७८
मन्दिरको सुन चोरी प्रकरणमा २ जना कारागार चलान

मन्दिरको सुन चोरेको आरोप लागेर प्रहरी हिरासतमा रहेका २ जनालाई कारागार चलान गरिएको छ । 

बैतडीको दोगडाकेदार–१ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका ७ मध्ये २ जनालाई  कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

कारागार चलान गरिनेमा दोगडाकेदार गाउँपालिका–१ रिमका धनबहादुर कार्की र केशवराम सार्की रहेका छन् । जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले सो घटनामा संलग्न रहेका धनबहादुर र केशवरामलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

धनबहादुर र केशवरामले मन्दिरको भण्डार घर फोडी सुन चोरी कार्यमा मुख्य संलग्न रहेका बताइएको छ ।  

मन्दिरबाट चोरिएको सुन खरिद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बैतडीका दशरथचन्द नगरपालिका–४ गढीका कञ्चन पौडेल र गणेश पौडेल तथा दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु धरौटीमा रिहा भएका छन् । उनीहरू जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्