०८ असार २०८३, सोमबार

एमबीबीएस प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान

साउन २२, २०७८
एमबीबीएस प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान

विश्व निकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वरले एमबीबीएसएकीकृत प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विश्व निकेतन माविमा कक्षा ११ र १२ मा विज्ञान विषय लिएर उत्तीर्ण भएका विद्यार्थी आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएसपरीक्षामा सर्वोकृष्ट अङ्क हाँसिल गरेको भन्दै आज सम्मान गरेको हो ।

विस २०७७ सालमा विश्व निकेतन माविमा विज्ञानको वायोगुप्र लिएर उत्तीर्ण झाले पुतलीसडकस्थित ‘भाइब्रेन्ट एमबीबीएसइन्ट्रान्स प्रिपिरेशन सेन्टर’बाट भाइब्रेन्टको अनलाइन कक्षामार्फत र मोवाइल एपमार्फत अध्ययन गरेर सर्वोकृष्ट अङ्क ल्याएका हुन्। भाइब्रेन्ट विस २०६८ मा स्थापना भएको शैक्षिक संस्था हो ।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले सरकारी विद्यालयमा पढेर एमबीबीएसपरीक्षामा सर्वोकृष्ट अङ्क ल्याउनु विद्यालयका लागि खुशीको कुरा भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्