२५ जेठ २०८३, सोमबार

स्वास्थ्य मन्त्रालयबाट खोप केन्द्र थप

साउन २३, २०७८
स्वास्थ्य मन्त्रालयबाट खोप केन्द्र थप
प्रतिकात्मक तस्वीर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताए ।

उनका अनुसार देशभर नै पहिलेको भन्दा १ हजार ४३३ खोप केन्द्र थप गरिएको छ । पहिले २ हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो संख्या ४ हजार ४२२ पुर्‍याइएको छ । 

काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरी  १४९ पुर्‍याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । 

सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरू गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख ३ हजार २१ जनाले पहिलो मात्रा र २२ लाख ८ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्